Thursday, June 24

इन्फ्राष्ट्रक्चर बैंकको आइपिओ बाँडफाँड यहि हप्ता हुने सम्भावना कम, हेर्नुस् किन हुँदैछ ढिलाई।

January 26, 2021 501

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओ रिजल्ट यो हप्ता हुने सम्भावना न्युन हुँदै गएको छ। नेपालको सेयर बजारकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ गत माघ २ गतेबाट खुलेको थियो।

कम्पनीले निष्काशन गरेको कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशत सेयर कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि छुट्याईएको थियो भने ५ प्रतिशत सेयर म्युचुअल फण्डहरुका लागि छुट्याईएको थियो। कर्मचारीहरु र म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाईएको थियो।

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओको इस्यु मेनेजर एनआईबिएल एस क्यापिटल हो भने आईपिओको अण्डरराईटिङ नागरिक लगानी कोषले गरेको थियो। इस्यु मेनेजर एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १५ लाख २९ हजार ४६० जनाले कुल १८ करोड १२ लाख ८६ हजार ७६० कित्ताका लागि आवेदन दिएका थिए।

इस्यु मेनेजर एनआईबिएल एस क्यापिटलका अनुसार अहिले अस्विकृत भएकाहरुको डाटा संकलनको काम भईरहेको र जतिसक्दो छिटो काम सकि बाँडफाँड गरिने भएको छ। यहि हप्ता बाँडफाड हुने सम्भावना कम रहेको इस्यु मेनेजरले जनाएको छ।

प्रतिकृया दिनुहोस्