Wednesday, December 8

कोरियामा कुकुरको मासु खान रोक्ने या नरोक्ने भन्ने विषयमा बृहत छलफलपछि मात्रै निर्णय गरिने

November 26, 2021 123

दक्षिण कोरियाका लोकप्रिय तथा बर्तमान राष्ट्रपति मुन जे इनले कुकुरको मासुमा प्र’तिव’न्ध लगाउने कुरा गरेको करिब २ महिनापछि यहाँको सरकारले आधिकारिक रुपमा नै यस विषयमा निर्णय गर्नका लागि एक अध्यन समिती गठन गरेको छ। कोरियाका प्रधानमन्त्री किम बो ख्युमको नेतृत्वमा बिहिवार वसेको बैठकले यस सम्बन्धमा छलफल गरि निर्णय गर्नका लागि अध्यन समिती बनाउने निर्णय गरेको हो।

अध्यन समितीले कुकुरको मा’सु खान दिने वा नदिने भन्ने विषयमा बृहत रुपमा छलफल र अध्यन गरि निर्णय लिनेछ। यस समितीमा यस विषयसँग सम्बन्धित विभिन्न ग्रुप तथा व्यवसायका प्रतिनिधीहरु, बिषयगत ज्ञाताहरु तथा सरकारी अधिकारीहरु सम्मिलित रहेका छन। यस अध्यन समितीले डिसेम्बर देखि अप्रिल महिनासम्म अध्यन अनुसन्धान र छलफल गर्नेछ।

‘कोरियामा कुकुरको मासु खान पाउने वा नपाउने भन्ने विषय बिल्कुलै नयाँ होइन। यो दशकौं पुरानो विषय हो। यो विषय सन १९८८ मा दक्षिण कोरियाले आयोजना गरेको सउल ओलम्पिकदेखि सुरु भएको हो।’ प्रधानमन्त्री किमले केन्द्रिय सउलमा रहेको सरकारी कम्प्लेक्समा बसेको बैठकमा भनेका छन। ‘अहिले धेरैजसो परिवारमा कुकुरलाई घरपालुवा ज’नावरका रुपमा पालिन थालेको र पशु अधिकारका विषयमा समेत आवाज उठ्न थालेकाले यस विषयमा सोच्नुपर्ने वेला आएको छ।’ किमले भने।

घरपालुवा जनावरका विषयमा गत सेप्टेम्बर २७ तारिखका दिन राष्ट्रपति मुन जे इनले कुकुरको मा’सु खाने चलनलाई ब’न्द गर्नुपर्ने विचार व्यक्त गरेका थिए। अब डिसेम्बरमा बन्ने अध्यन समितीले दुईवटा ग्रुप बनाउनेछ। एउटा ग्रुप कृषि मन्त्रालयको रोहवरमा तथा अर्को ग्रुप खाध्य तथा औ’षधि सु’र’क्षा मन्त्रालय अन्तरगत रहनेछ। सरकारको पोलिसी कोअर्डीनेशन अफिसरले अध्यन समितीको प्रमुखका रुपमा रहेर काम गर्नेछन भने विभिन्न मन्त्रालयहरुबाट अरु ५ जना सदस्य रहनेछन।

त्यसैगरी सरकारले अहिले चलन चल्तिमा रहेको कुकुरको मा’सु खाने प्रचलन र स्थानिय सर्वसाधारण जनताको धारणा समेत बुझ्नेछ। अध्यन समितीले विभिन्न ठाउँमा रहेका कुकुर फाराम, यसको मा’सु बेच्ने पसल तथा व्यापारी र रेष्टुरेन्टहरुको स्थलगत भ्रमण गरि डाटा संकलन गर्नेछ। अहिले कोरियामा कुकुरको मा’सु खान तथा किनवेच गर्न कुनै पनि का’नूनले अ’बरो’ध गरेको छैन। अहिलेको जनावरको अ’धिका’र सम्बन्धी का’नूनले पनि कुनै खास जनावरको मा’सु खान नहुने भनेर नभनेको बताइन्छ।

प्रतिकृया दिनुहोस्