Saturday, June 25

कोरियामा कामदारको चरम अ’भाव भएपछि यि ३ विकल्पमा छलफल हुँदै, भिजा सकिन लागेका कामदारको भिजा थप हुन सक्ने

November 27, 2021 2749

विगत २ बर्षदेखि को’रोनाका कारण दक्षिण कोरियामा कामदारहरु सहज रुपमा प्रवेश गर्न नपाएपछि यहाँका कम्पनीहरुमा कामदार अ’भाव ति’ब्र रुपमा बढेको छ। विदेशी कामदारहरुमा निर्भर भएका धेरैजसो कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरु स’मस्यामा परेका छन। इपिएस मार्फत कोरिया कामदार पठाउने १६ वटै देशहरुबाट सहज रुपमा अहिले पनि कामदार कोरिया जान पाइरहेका छैनन।

दक्षिण कोरियाले यहाँ देखिएको श्रमिक अ’भावलाई परिपूर्ति गर्नका लागि गत नोभेम्बर ५ तारिखका दिन कोरियाको श्रम तथा रोजगार मन्त्रालयले कोरियामा कामदार पठाउने १६ वटै देशहरुलाई केहि श’र्तहरु पूरा गर्ने गरि श्र’मिकहरुलाई कोरिया प्रवेश गर्न दिने निर्णय गरेको थियो। तर कामदार पठाउने देशहरुमा भइरहेको प्रशाशनिक काममा ढि’लासुस्ति तथा दक्षिण कोरियाको सिधा उडानको संख्या ए’कदमै कम भएका कारण अझै पनि कोरियाका कृषि, उत्पादन तथा निर्माण क्षेत्रमा बढिरहेको श्रमिक अ’भावलाई सम्बोधन गर्न सकिरहेको छैन।

अहिले दक्षिण कोरियामा विशेष गरि कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरुमा कामदारहरुको च’रम अ’भाव भइरहेको छ। यदि कोरिया कामदार पठाउने १६ वटा देशहरुले यसैगरी सुस्त गतिमा कामदार पठाउने हो भने कोरियाको श्रम तथा रोजगार मन्त्रालयले आशा गरेजस्तो गतिमा कामदार कोरिया प्रवेश नहुने स्थिति बन्ने निश्चित भएको छ। कोरियासम्म सिधा उडान संख्यामा कमि तथा श्रमिक पठाउने देशका प्रशासनिक काम कारबाहिमा हुने गरेको ढि’लासुस्तिका कारण विदेशी कामदार पर्याप्त रुपमा कोरिया लैजान ६ महिना ढिला हुने बुझिएको छ।

सोही कारण जनशक्तिको अ’भावलाई पूरा गर्नको निम्ति हाल कोरियामा केही विकल्पहरुको बारेमा छलफल समेत भइरहेको छ। पहिलो बि’कल्पका रुपमा श्र’मिकहरुको लागि रोजगारदाताले नै खर्च व्यहोर्नेगरी चार्टर्ड उडान गर्ने। यदि चार्टर्ड सिधा उठानमार्फत कामदार कोरिया लैजाने हो भने  लगभग २ मिलियन वोन अर्थात करिब २० लाख कोरियन वन प्रतिव्यक्ति पर्न जानेछ। यो हिसाब एक चार्टर्ड उडानमा कम्तिमा २५० जना उडाउने हो भने।

त्यसैगरी दोस्रो बिकल्पका रुपमा प्रतिबद्ध श्रमिकहरु अर्थात कमिटेड कामदार जसले कोरियामा पहिलो अवधि ४ बर्ष १० महिना कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गरी प्रतिबध्द कामदारका रुपमा स्वदेश फर्किएका छन उनिहरुको छिटो प्र’क्रिया हुने भएकाले उनीहरुलाई नै पहिलो प्राथमिकतामा राखि क्रमशः छिटो गरेर लैजाने कुरामा छलफल भइरहेको छ।

र तेस्रो बिकल्पका रुपमा कोरियामै काम गरिरहेका विदेशी श्र’मिकहरुको भिजा थप गरिदिने। यो बिकल्पअनुसार कोरियामा काम गरिरहेका विदेशी श्रमिक जसको भिजा अवधि सन २०२२ को जनवरी १ बाट सकिनेछ उनिहरुलाई थप १ बर्ष भिजा अवधि थपिदिने। दक्षिण कोरियाले यस अघि पनि धेरै कामदारको भिजा अवधि १ बर्ष थप गरिदिएको थियो।

माथिका ३ विकल्प लगायत अन्य विकल्पहरुमा पनि छलफल अघि बढेतापनि यद्यपि हालसम्म कुनै पनि ठोस निर्णय भने भइसकेको बारेमा जानकारी आइसकेको छैन। तर कोरिया कामदार पठाउने गतिमा तिब्रता नआउनेहो भने माथिका मध्ये कुनै एक निर्णय आउन सक्ने बताइएको छ। अहिले कोरियाका रोजगारदाताहरुले महिनामा एक वा दुई उडानको भरमा आफूहरुको स’मस्या समाधान नहुने भन्दै आवाज उठाईरहेका छन।

प्रतिकृया दिनुहोस्