Thursday, October 6

कोरियामा गुडीरहेको मोनोरेल लिकबाट उछिट्टिएर खस्यो, ८ जना घा’ईते

November 28, 2021 955

दक्षिण कोरियामा मोनोरेल दु’र्घट’नामा परेको छ। कोरियाको ख्यङसाङनामदो प्रदेशको थोङयङसी, थोङहाङरीको योक्जीम्यनमा आज अर्थात नोभेम्बर २८ दिउँसो २ बजेर १ मिनेटको समयमा गुडिरहेको मोनोरेल लिकबाट उ’छिट्टि’एर तल ख’सेको हो।

मोनोरलेल दु’र्घट’नामा केहि ब्यक्तिहरु घा’इ’ते भएका छन। यात्रा गरिरहेका पर्यटकहरुमध्ये ८ जना लाई उ’पचा’रका लागि नजिकैको अ’स्पता’लमा लगिएको छ। उनिहरु ५० देखि ७० बर्ष उमेरका रहेका छन। ८ जनामध्ये धेरैको खुट्टा भाँ’चि’एको छ भने शरिरका अन्य भागमा समेत चो’ट लागेको बताइएको छ।

चोट लागि नजिकैको अ’स्पता’ल लगिएका ८ जना नै सु’रक्षित रहेका र उनिहरुलाई त्यस्तो ठूलो चो’ट भने लागेको छैन। त्यस ठाउँमा पुगेका अ’ग्नि नि’यन्त्रकहरुका अनुसार स्टेशन प्रवेश गर्नै लागेको मोनोरेल लिकबाट उ’छिट्टि’एर चार पाँच मिटर तल ख’सेको थियो।

मोनोरेल ख’सेको स्थान नजिकैको स्टेशनको प्रवेस गर्ने मार्ग थियो। यो मोनोरेल ८ सिट क्षमताको भएकाले रेलमा सवार भएका व्यक्तिहरुको संख्या पनि ८ जना नै थियो त्यसैले मोनोरेलमा तोकिएभन्दा बढि यात्रु भने थिएनन। अर्को क्षेत्रको ट्राभल एजेन्सीको नक्सा हेर्दै गर्दा दु’र्घ’टनामा परेको बुझिएको छ। अहिले अ’ग्नि नि’यन्त्र’क र प्र’ह’रीहरुले घ’ट’नाको यथार्थ कारणबारे अध्यन गरिरहेका छन।

यो रेलले तलको स्टेशनबाट माथिल्लो ठाउँको स्टेशनमा यात्रुहरु ओसार्ने काम गर्दथ्यो। भोलि अर्थात नोभेम्बर २९ तारिखबाट डिसेम्बर ९ तारिखसम्म रेलको ट्राक मर्मतका लागि रेल सन्चालन ब’न्द गरिने कार्यक्रम थियो। थोङयाङ टुरिजम डेभलपमेन्ट बोर्डका अनुसार यो रेलको ट्रयाक बर्षमा २ पटक मर्मत गरिने गरिएको थियो। यो समाचार योनहाप न्यूजमा आधारित रहि सन्तोष न्यौपानेले नेपाली भाषामा तयार पारेका हुन।

प्रतिकृया दिनुहोस्