Friday, June 25

प्रभु बैंकले गर्यो कमाल, नाफामा करिब ४० प्रतिशतको बृध्दि

January 27, 2021 420

प्रभु बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को दोश्रो त्रैमासिक रिपोर्ट निकालेको छ। रिपोर्टअनुसार बैंकको खुद नाफामा ३९.८७ प्रतिशतको आकर्षक बृध्दि भएको छ।

गत आर्थिक बर्षको यसै त्रैमासमा १ अर्ब ८ करोड खुद नाफा कमाएको प्रभु बैंकले यस बर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५१ करोड कमाएको छ। यो त्रैमाससम्म बैंकको बितरणयोग्य मुनाफा ९९.९८ करोड रुपैयाँ रहेको छ।

बैंकको निक्षेप २५.८५ प्रतिशतले बढेर १ खर्ब ६२ अर्ब पुगेको छ। बैंकले १ खर्ब २६ अर्ब ऋण लगानी गरेको छ। गत बर्यषको यसै त्रैमासको तुलनामा ऋण तथा लगानी २६.८२ प्रतिशतले बढेको हो। बैंकको खुद ब्याज आम्दानी पनि ९.७२ प्रतिशतले बढेर २ अर्ब ६९ करोड पुगेको छ। गत आर्थिक बर्षको दोश्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड रहेको थियो।

प्रभु बैंकको चुक्ता पूँजी ११.३४ अर्ब छ भने रिजर्भमा ५ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ३.१२ प्रतिशतबाट घटेर २.०६ प्रतिशत कायम भएको छ।

दोश्रो त्रैमाससम्म बैंकको बार्षिकिकरण गरिएको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ। बैंकको दोश्रो त्रैमासकको अन्तिमको मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ।

प्रतिकृया दिनुहोस्