अफ्रिकी मुलुकहरुमा केहि दिनदेखि देखा परेको को’रो’नाको नयाँ भे’रियन्टका कारण विश्वभरका विभिन्न देशहरुले अफ्रिकन देशहरुबाट आउने तथा जाने फ्लाइटहरुलाई रो’केका छन। दक्षिण कोरियाले पनि शनिवार एक निर्णय गर्दै दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिमबाब्वे, नामिविया, लसोथो, इसवाथिनी, मोजाम्विक र मालावीबाट आउने तथा ति देशहरुमा जानका लागि प्र’तिब’न्ध लगाईसकेको छ।
अफ्रिकी मुलुकहरुमा देखिएको नयाँ भे’रिय’न्टका कारण यसको अ’सर दक्षिण कोरियामा कामका लागि जाने आप्रवासी कामदारहरुमा समेत पर्ने देखिएको छ। कोरियाले नयाँ भे’रि’यन्ट आफ्नो देशमा प्रवेश गर्ने जो’खि’म रहेको भन्दै दक्षिण अफ्रिकी मुलुकहरुमा भ्रमण गरेका विदेशी कामदारहरुलाई कोरिया प्रवेशमा रो’क्ने भएको छ। केहि समय यता दक्षिण अफ्रिकी मुलुक भ्रमण गरेको रे’कर्ड भएका विदेशी कामदारहरु भने अहिलेका लागि कोरिया प्रवेश गर्न पाउने छैनन।
कोरियाको श्र’म मन्त्रालयले बनाएको योजनाले अहिले दक्षिण कोरियामा कामदार पठाईरहेका १६ देशका कामदारहरुलाई अ’सर पर्न सक्नेछ। दक्षिण कोरियामा अहिले १६ वटा देशहरुले कामदार पठाउने गरेका छन। यि सबै देशहरु एशिया महादेशमै पर्दछन। यस अघि कोरियाले विदेशी नागरिकहरुलाई प्र’वेशमा क’डा’ई गरेका कारण १६ वटै देशमा भाषा पास गरी इपिएस प्रकृयाबाट कोरिया प्रवेश गर्नका लागि धेरै कामदारहरु प्रतिक्षारत रहेका थिए। गत नोभेम्बर १ बाट कोरियाले लिभिङ विथ को’रो’ना योजना अन्तरगत सामाजिक दूरिका नि’यमलाई खु’कुलो पार्ने निर्णय गरेसँगै कामदारहरु क्रमश कोरिया प्रवेश गर्न थालेका थिए। तर नयाँ भे’रिय’न्टका कारण फेरि पनि विदेशी कामदार कोरिया प्रवेश गर्ने काममा बा’धा पुग्न सक्ने अनुमान गरिएको छ।
“कोरियामा कामदार पठाउने सबै १६ वटै देश एशिया महादेशमा पर्दछन। तर हामी ति देशका कामदार वा कामदारका नजिकका आफन्तहरु केहि समय यता दक्षिण अफ्रिकन मुलुकहरु भ्रमण गरेका छन वा छैनन अध्यन गरिरहेका छौं।” कोरियाको श्रम मन्त्रालयका एक अधिकारीले बताए। अहिले श्र’म मन्त्रालय कोरियाको स्वा’स्थ मन्त्रालय र स्वा’स्थ अधिकारीहरुसँग यस बारेमा छलफलमा जुटेको छ।
श्र’म मन्त्रालयले स्वास्थ मन्त्रालय र स्वा’स्थ अधिकारीहरुसँगको छलफलपछि ठोस निर्णयमा पुग्ने बताइएको छ। कामदारहरुको कोरिया प्रवेशलाई केहि समय स्थगित राख्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बुझिएको छ। दक्षिण कोरियाले सरकारले यसै महिना मात्र इपिएस अन्तरगत १६ वटा देशहरुबाट कामदार कोरिया भित्राउने बताएको थियो।
गत नोभेम्बर १ तारिखदेखि कोरियाले लिभिङ विथ को’रो’ना कार्यक्रम लागू गरेसँगै सामाजिक दू’रिका नि’यमहरुलाई खु’कुलो पार्दै विदेशी कामदारहरुलाई सहजै कोरिया प्रवेश गर्न दिने निर्णय गरेको थियो। यो सँगै विभिन्न देशहरुबाट धमाधम कामदारहरु कोरिया प्रवेश गरिरहेका थिए। यसै क्रममा लामो समयदेखि प्रतिक्षा गरिरहेका नेपाली कामदारहरुसमेत कोरिया प्रवेश गरेका थिए। तर अहिले अफ्रिकी मुलुकहरुमा देखिएको नयाँ भे’रि’यन्टले फेरि पनि कोरिया प्रवेशका लागि प्रतिक्षारत कामदारहरुलाई चि’न्ति’त बनाएको छ। यो समाचार योनहाप न्यूजमा आधारित रहि सन्तोष न्यौपानेले नेपाली भाषामा तयार गरेका हुन।
प्रतिकृया दिनुहोस्