Saturday, September 25

आज नेप्सेमा ३ कम्पनीका बोनस सेयर सूचिकृत, हेर्नुस कुन कुनको भयो।

January 27, 2021 728

सिटिजन बैंक, फर्स्ट माइक्रोफाईनान्स र साल्ट ट्रेडिङ लिमिटेको कुल ८४ लाख १५ हजार कित्ता बोनस शेयर आज नेपाल स्टक एक्चचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ।

आज सूचिकरण भएका सेयरहरुमा सिटिजन्स बैंकको ८ प्रतिशत बोनस बापतको ७२ लाख ७१ हजार ८ सय ५३.८३ कित्ता शेयर पनि रहेको छ। बैंकले आर्थिक बर्ष ०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस दिएको थियो।

त्यसैगरि आज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको बोनस सेयर पनि सूचिकृत भएको छ। लघुवित्तले आर्थिक बर्ष ०७६/७७ सम्मको मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ४.१८ प्रतिशत नगद लाभांश दिएको थियो। लघुवित्तको ९.५ प्रतिशतले हुन आउने ७ लाख ६० हजार ७ सय ४.५४ कित्ता सेयर आज सूचिकृत भएको हो।

आज नेपाल स्टक एक्सचेन्जमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर पनि सूचिकृत भएको छ। कम्पनीले आर्थिक बर्ष ०७५/७६ सम्मको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो। साल्ट ट्रेडिङको २५ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ४ सय ८८ कित्ता सेयर आज सूचिकृत भएको हो।

प्रतिकृया दिनुहोस्