Tuesday, June 22

कोरियामा कुकुर कुट्नेलाई १ करोड २० लाख जरिवाना

January 27, 2021 463

दक्षिण कोरियाको उल्सान जिल्ला अदालतले जनवरी २६ मा एक मानिसलाई आफ्नो छिमेकीको कुकुरलाई मारेको अभियोगमा फैसला गर्दै करिब १२ लाख रुपैयाँ जरिवाना सुनाएको छ। २ वटा कुकुरमध्ये काठले हिर्काएपछि एउटाको मृत्यु भएको थियो भने अर्को शख्त घाईते भएको थियो।

अदालतले फैसला सुनाउँदै भनेको छ “कुकुर हत्या गर्ने मान्छेमा जनावरप्रति गर्नुपर्ने सम्मान छन। उक्त मानिसको यो हर्कत एकदमै ह्रिङ्सक छ।”

सन् २०२० को सेप्टेम्बरमा उक्त मानिसले आफ्नो घर अगाडी ठुलो स्वरमा भुकेपछि कुकुरलाई काठले हानेर मारेको थियो। जनावरलाई गरिने दुर्व्यवहारमा गरिएको अन्य सजायभन्दा यस केशमा अलि बढि सजाय भएको देखिन्छ।

कोरियाको कानुनअनुसार जनावरलाई अमानविय तरिकाले हत्या गरेमा ३ बर्षसम्म जेल सजाय हुनुका साथै ३ करोड वनसम्म जरिवाना हुन्छ भने जनारको दुर्ब्यवहार गरेमा २ बर्ष जेल तथा २ करोड वनसम्म जरिवाना हुनसक्दछ।

 

प्रतिकृया दिनुहोस्