Saturday, June 25

भोलीबाट लागू हुने गरि कोरियामा यस्ता नियमहरु लागू हुँदै, कोरियामा हुनेहरुले जान्नैपर्ने

December 17, 2021 2023

सउल, दक्षिण कोरिया। हालैका केहि दिन यता दक्षिण कोरियामा दैनिक को’रो’ना सं’क्रमणले उच्च बिन्दू छोएसँगै यहाँको सरकारले सामाजिक दूरीका नि’यमहरुलाई क’डा बनाउने भएको छ। कोरियाले देशभर सबैभन्दा क’डा सामाजिक दूरीका नि’यम भोली अर्थात शनिवारबाट लागू गर्ने भएको छ। साथै यहाँका रेष्टुरेन्ट तथा क्याफेहरु राति ९ बजेपछि सन्चालन हुन नपाउने भएको छ।

शनिवार देखि आउँदो जनवरी २ तारिख बिचको १६ दिन मानिसहरुको ब्यक्तिगत ज’मघटमा पनि क’डाई गरिएको छ। अब यस्ता भेटघाटमा मात्र ४ जना सहभागी हुन पाउने तथा ति चारै जनाले खो’पको पूर्ण डोज लगाएको हुनुपर्नेछ। यदि खोप नलगाएका छन भने मानिसहरुलाई ज’मघट हुन रोक लगाईएको छ। खोप नलगाएको ब्यक्तिले बाहिर रेष्टुरेन्टमा एक्लै खाना खानुपर्नेछ अथवा खाना घरमा ल्याएर खानुपर्ने बा’ध्यता छ।

त्यसैगरी देशभरका रेष्टुरेन्ट, क्याफे तथा रात्री सेवा प्रदान गर्ने विजनेशहरु रातको ९ बजेपछि बन्द हुनेछन भने इन्टरनेट क्याफे भने १० बजेसम्म खुल्नेछ। कोरिया सरकारले नोभेम्बर महिनाको सुरुवाट सामाजिक दूरीका नि’यम हटाएको थियो। जनजिवन सामान्य बनाउने भन्दै लिभिङ विथ को’रो’नाको अवधारण अघि सार्दै गर्दा फेरी सं’क्रमण बढेसँगै ४५ दिनपछि कोरियाले पुन सामाजिक दूरीका नि’यमहरुलाई क’डा बनाएको हो।

गत ४५ दिनमा कोरियाको दैनिक सं’क्रमि’तहरुको संख्या ५ दोब्बर भएको छ। नोभेम्बर १ तारिखमा कोरियाको दैनिक सं’क्रमितको संख्या १ हजार ६ सय थियो। नोभेम्बर १ बाट नै कोरियाले सामाजिक दूरीका नि’यम हटाएको थियो। बुधबार मात्रै कोरियामा थप ७ हजार ६ सय २२ जनामा सं’क्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ६ सय ९६ जना राजधानी सउलमा पुष्टि भएको हो।

बिहिवार सरकारले प्रकाशित गरेको बिज्ञप्तिमा फेर सामाजिक दूरीका नि’यम लागू गर्नुपरेकामा कोरियाली जनतासँग राष्ट्रपति मुन जे इनले माफी मागेका छन। त्यसैगरी सामाजिक दूरीका नि’यमले सन्चालन समय कम हुन पुगी ब्यापार व्यवसायमा न’कारात्मक अ’सर पर्ने व्यापार व्यवसायहरुलाई आर्थिक सहयोग गर्ने समेत राष्ट्रपति मुनले बचन दिएका छन। नयाँ बर्षको पूर्व सन्ध्यामा मानिसहरुको चहलपहल बढ्न सक्ने भन्दै दैनिक सं’क्रमितहरुको संख्या अझ धेरै बढ्न सक्ने अनुमान गरिएको छ। यो समाचार कोरिया हेराल्डको सहयोगमा सन्तोष न्यौपानेले नेपाली भाषामा तयार पारेका हुन।

प्रतिकृया दिनुहोस्