Thursday, October 6

दक्षिण अमेरीकी देश चीलीमा ३५ बर्षिय युवा राष्ट्रपतिमा विजयी

December 20, 2021 663

दक्षिण अमेरिकी देश चिलिमा एक ३५ बर्षिय युवा राष्ट्रपतिमा निर्वाचित भएका छन। उनि चिलिको इतिहाँसमै सबैभन्दा कम उमेरमा राष्ट्रपति हुने ब्यक्ति समेत बनेका छन। सरकार बिरोधी आन्दोलनका क्रममा महत्वपूर्ण भूमिका निभाएका बामपन्थि नेता ३५ बर्षिय गाब्रिएल बोरिक चिलिका नयाँ राष्ट्रपति चुनिएका हुन।

उनले आफ्ना प्रतिद्वन्दी जोस एनटोनियो कास्टलाई करिब १० पोइन्टले हराएका हुन। जोस एनटोनियोले मतदाताहरुलाई गाब्रिएल बोरिक युवा भएकोले उसले चिलिलाई खतम बनाउछ भन्दै मतदाताहरुमा भ्रम छरेका थिए। तर पनि चिलिका जनताले उनलाई हराइ ३५ बर्षिय युवालाई भावि राष्ट्रपति चुनेका हुन।

युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका छन भने जोस एनटोनियोले ४४ मत पाएका छन। राष्ट्रपतिमा निर्वाचित बोरिक बिध्यार्थि नेता समेत रहेका छन। उनले चिलिमा सन २०१९ र २०२० मा भएको भ्रष्टचार र असमानता बिरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उनको समर्थक ह्वात्तै बढेका थिए।

बोरिक बिजय भएलगत्तै अहिलेका राष्ट्रपति सेवान्टिएन पिनेराले एक भिडियो कन्फरेन्सको आयोजना गर्दै नयाँ चुनिएका राष्ट्रपति बोरिकलाई सक्दो सहयोग गर्ने बताएका छन। मात्र ३५ बर्षका उनि चिलीको आधुनिक इतिहासकै सबैभन्दा कान्छा राष्ट्रपति बनेका हुन। उनले आउँदो मार्चमा राष्ट्रपतिका रुपमा पद बहाल गर्नेछन। ल्याटिन अमेरिकामै एल साल्भाडोरका नायिब बुकेले पछिका उनि कान्छा राष्ट्रपति समेत बन्न पुगेका छन।

उनि लगायतका युवाहरुले देशभित्र गुणस्तरिय शिक्षा पाउनुपर्ने माग राखि आन्दोलन चर्काएसँगै बोरिक र उनका केहि युवा साथिहरु सन २०१४ को कङ्ग्रेशमा विजयी हुन सफल भएका थिए। उनले देशभित्रका अति धनाढ्यहरुलाई कर बढाएर गरिब जनताहरुको सेवा र सुरक्षामा खर्च गर्नुपर्ने तथा असमानताको खाडल पुर्नुपर्ने माग राख्दै आइरहेका थिए।

प्रतिकृया दिनुहोस्