दक्षिण कोरियामा सन् २०२० मा चामल खपत ह्वात्तै घटेर नयाँ रेकर्ड कायम भएको छ। बिहिवार प्रकाशित रिपोर्टमा उक्त कुरा देखिएको हो। बिशेषगरी कोरियनहरुको खानाा खाने बानी र छनौटमा परिवर्तन हुँदै गएपछि चामल खपत घटेको हो।
औषतमा एक जना कोरियनले बर्षदिन भरिमा ५७.७ किलोग्राम चामल खपत गरेको सन् २०२० को आँकडाले देखाएको छ। यो परिमाण अघिल्लो बर्ष अर्थात् सन् २०१९ भन्दा २.५ प्रतिशत (१.५ केजी) ले कमि हो।
चामल कोरियनहरुको खानामा मुख्य रुपमै प्रयोग हुँदै आईरहेको भएतापनि यसको खपत भने सन् १९८० देखिनै निरन्तर घट्दै गइरहेको छ। सन् १९८० मा प्रति ब्यक्ति औषत बार्षिक चामल खपत १३२.४ किलोग्राम रहेको थियो।
चामलबाट बन्ने खाध्य पदार्थको प्रयोगमा कमि आएपछि त्यस्ता कम्पनीहरुले प्रयोग गर्ने चामलको परिमाणमा पनि कमि आउँदै गएको डाटाले देखाउँदछ। चामल प्रयोग भई बन्ने मदिराजन्य पेयपदार्थ तथा अन्य खानेकुराको खपतमा कमि हुँदै गएपछि यस बर्ष कोरियामा चामल खपत रेकर्ड बनाउँदै घटेको हो।
प्रतिकृया दिनुहोस्