Saturday, June 25

कोरियाले बिना डिजेल, पेट्रोल, हाइड्रोजन ग्याँसबाटै चल्ने कार्वन रहित हेभि ट्रक सन्चालन गर्दै

December 23, 2021 718

दक्षिण कोरियाले हाइड्रोजन ग्याँसबाटै चल्ने मालबाहत हेभि ट्रक सन्चालनका लागि परीक्षण सुरु गरेको छ। विहिवारबाट सुरु भएको यो परीक्षणले दक्षिण कोरियाको वातावरण मैत्री सवारी साधन सन्चालनको लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाइड्रोजन ग्याँस बाट सन्चालन हुने सवारी साधनबाट कार्बन जन्य वातावरणलाई असर पार्ने ग्याँस ननिस्कने हुँदा यसको भविष्य राम्रो रहेको बताइएको छ।

दक्षिण कोरियाकै प्रसिध्द हुण्डाई मोटर्स कम्पनीको ‘एक्साइन्ट’ सहित ११ टन क्षमताका ५ वटा हेभि ट्रकहरु सउल महानगर क्षेत्र तथा सउलको दक्षिणी क्षेत्रमा आउँदो १२ महिनासम्म गुड्नेछन। यि ५ वटै हेभि ट्रकहरु हाइड्रोजन ग्यासँबाट सन्चालन हुनेछन। यो जानकारी कोरियाको ल्याण्ड, इन्फ्रास्ट्रक्चर तथा यातायात मन्त्रालयले एक प्रेश विज्ञप्ति जारी गरि दिएको छ।

सरकारको यो योजनामा दुई लजिस्टिक कम्पनीहरु सिजे लजिस्टिक कर्पोरेशन तथा हुण्डाई ग्लोभिज कर्पोरेशन तथा कोरियाको नम्मर १ इकमर्स साईट कुपाङले पनि सहभागिता जनाउनेछन।  उनिहरुले यो प्रोजेक्टमा अन्तराष्ट्रिय कार्गो तथा स्टिल प्लेट्सहरु यिनै हाइड्रोजनबाट चल्ने मालबाहक ट्रकको प्रयोग गरी डेलिभरी गर्ने बताएका छन। सरकारले उनिहरुलाई सहुलियत प्रदान गर्ने तथा ठाउँ ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने बचन दिएको छ।

कोरियाली सरकारले यो प्रोजेक्टबाट विभिन्न किसिमका डाटाहरु संकलन गर्नेछ जसबाट भविष्यमा हाइड्रोजनमा आधारित ढुवानी सिस्टमको विकासमा सहयोग पुगोस, सरकारका एक उच्च अधिकारीले भनेका छन। अहिले दक्षिण कोरियालाई माल सामान ढुवानी गर्ने हेभि ट्रकहरुलाई वातावरण मैत्री बनाउने चुनौति रहेको छ। कोरिया अहिले साना तथा कम लोड बोक्ने क्षमता भएका ट्रकहरु भने विध्युतिय छन।

कोरियाको सरकारले सन २०३० सम्ममा १० हजार वटा हाइड्रोजनबाट चल्ने मालबाहक ट्रक सन्चालन गर्ने लक्ष राखेको छ। यसका लागि सरकारले अहिले बाट नै गृहकार्य सुरु गरिसकेको छ। सरकारले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशनहरु बनाइरहेको छ भने यस्ता सवारी साधन सन्चालन गर्नेहरुलाई आर्थिक रुपमा पनि सहुलियत प्रदान गरिरहेको छ। १० टन क्षमताका कार्गो ट्रकहरुलाई वातावरण मैत्री बनाउन सकेमा ग्रिनहाउन ग्याँस उत्पादनमा कमि आइ वातावरण सफा र स्वच्च हुन सक्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्