Saturday, June 25

दूध सेवन गर्न जापानी प्रधानमन्त्रीले गरे देशवासीलाई आव्हान

December 24, 2021 270

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले जापान वासीहरुलाई दूध सेवन गर्न अनुरोध गरेका छन। हिउँद महिनामा जापानमा दूध बढि भएर फाल्नु नै पर्ने अवस्था आउन लागेपछि प्रधानमन्त्री किशिदाले थप दूध सेवन गर्न आफ्ना देशवासीहरुलाई अनुरोध गरेका हुन।

डिसेम्बर २१ तारिख जापानी सांसदको पूर्ण अधिवेशन समाप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री किशिदाले थप दूध सेवन गर्न आग्रह गर्नुभएको हो। जापानमा दूध खेर जान नदिने उपाय अपनाउँदै प्रधानमन्त्रीले आउँदो जनवरी १ तारिखको नयाँ बर्षको विदाभरमा पनि सामान्य अवस्थामा भन्दा बढि दूध उपभोग गर्न जनता समझ आग्रह गर्नुभएको हो। उहाँले अन्य दिनहरुको भन्दा बढि दूध पिउन तथा खानेकुराहरुमा समेत दूध प्रयोग गर्न आग्रह गर्नुभएको छ।

जापानीहरुलाई दूधको प्रयोग अझ बढाउन प्रोत्साहन गर्न भन्दै यस अघि यहाँका कृषिमन्त्री गेन्जिरो कानेको तथा टोकियोकी गभर्नर युरिको कोइके दुबैले पत्रकार सम्मेलन मै एक एक कप दूध पिएर साँकेतिक रुपमा दूधको उपभोग बढाउन आग्रह गरेका छन।

जापानमा नयाँ बर्षको विदामा विध्यालयहरु तथा खुद्रा विक्रेताहरु समेत बन्द रहन्छ। को’रोनाका कारण होटलजन्य उध्योगहरुमा दूधको खपत घट्न जाँदा समस्या उत्पन्न भएको हो। जापान सरकारले नयाँ बर्षको समयमा दैनिक ५ हजार टन दूध खेर जान सक्ने अनुमान गरेको छ। दूध खेर जान नदिनका लागि जापानी कृषकहरुले दैनिक १ लिटर दूध किन्ने प्रतिबध्दता जनाएका छन।

जापानका कृषकहरुले सामाजिक सन्जालहरुमा दैनिक एक लिटर दूध भन्ने ह्यासट्याग अभियान नै चलाएका छन। त्यसैगरी प्रधानमन्त्री किशिदाले अझ बढि दूध प्रयोग गर्न गर्नुभएको अनुरोधको पनि सामाजिक सन्जालहरुमा मिश्रित प्रतिकृयाहरु आएका छन। कसैले आफूलाई दूध मन नै नपर्ने प्रतिकृया दिएका छन भने कसैले दूधको मूल्य आधा घटाएमा खपत बढ्ने सुझाब दिएका छन। केहिले भने दूध खेर जानबाट जोगाउनका लागि यसबाट बन्ने बिभिन्न परिकारहरु बनाउन सल्लाह दिएका छन।

प्रतिकृया दिनुहोस्