Saturday, June 25

कोरियामा समेत फोहोरी राजनिती, विपक्षीको पकड क्षेत्रको भोट तान्न पूर्व राष्ट्रपति पार्क गुन हेलाई आममाफी

December 24, 2021 943

दक्षिण कोरियाको सरकारले शुक्रबार एक घोषणा गर्दै पूर्व राष्ट्रपति पार्क गुन हे लाई विशेष क्षमा दिँदै उनको सम्पूर्ण सजाय आम माफी दिने घोषणा गरेको छ। पार्क दक्षिण कोरियाकी ११ औं राष्ट्रपति हुन जसलाई भ्र’ष्टाचारको अ’भियोग प्रमाणित भएसँगै २२ बर्षको जे’ल स’जाय तोकिएको थियो। तर बर्तमान मुन जे इन सरकारले पार्क गुन हे लाई आम माफी दिँदा राष्ट्रिय एकता थप मजबुद हुने भन्दै यस्तो निर्णय गरेको हो।

पार्कलाई सन २०१७ को मार्च महिनामा कुल २२ बर्षको जे’ल स’जाय तोकिएको थियो। उनलाई राष्ट्रपति पदबाट पदच्युत गरि यस्तो स’जाय तोकिएको हो। विभिन्न भ्रष्टाचार काण्डमा दोषि देखिएपछि पूर्व राष्ट्रपति पार्कले जे’ल जिवन विताउन बाध्य भएकी थिइन। शुक्रबार मुन जे इन सरकारले आउँदो नयाँ बर्षको अवसर पार्दै नयाँ वर्षको अघिल्लो दिन आम माफी दिन तयार पारिएको ३ हजार ९४ जनाको नामलिष्टमा पार्क पनि अटाएकी हुन। उनको स्वा’स्थ अवस्थाको समेत ख्याल गरी यस्तो निर्णय गरिएको वताइएको छ।

यसै बर्ष मात्रै पार्क गुन हे ३ पटक अ’स्पताल भर्ना भइसकेकी छिन। उनलाई काँध तथा ढाडमा समस्या भएको अस्पतालको भनाई छ। सन २०१९ मा उनले काँधको श’ल्य’क्रिया समेत गराएकी थिइन। अब आम माफी पाएसँगै पार्क उपचार गराइरहेको दक्षिणी सउलस्थित सामसङ मेडिकल सेन्टर बाट रिहा हुनेछिन। उनि अहिले त्यहि अस्पतालमा उपचार गराइरहेकी छिन।

पार्क गुन हे को रिहाइलाई धेरैले फोहोरी राजनितीको संज्ञा दिएका छन। उनको रिहाइले सत्तामा रहेको मुन जे इन सरकारको पार्टिलाई आउँदो मार्चमा हुने राष्ट्रपतिय निर्वाचनमा ठूलो फाइदा पुग्ने बताइएको छ। प्रमुख प्रतिपक्षी पार्टी पिपल पावर पार्टीको पकड क्षेत्र मानिने थेगु र उत्तरी ख्यङसाङ प्रदेशको भोट तान्नका लागि मुन जे इन सरकारले यस्तो चलाखी गरेको धेरैको बुझाई रहेको छ। यी क्षेत्रहरुमा पार्क गुन हे को राम्रो पकड रहेको बताइन्छ।

सरकारले यस्तो आम माफीको निर्णय गर्नुको कारण को’भि’डले अ’स्तब्य’स्त भएको समाजमा राष्ट्रिय एकताको भावना थप मजबुत बनाउन गरिएको भनेको छ। सरकारले गरेको पत्रकार सम्मेलनमा न्याय मन्त्री पार्क बम खे ले भनेका छन पूर्व राष्ट्रपति पार्क गुन हे लाई आम माफी दिने कुरा यस सँग सम्बन्धित कमिटीमा २ दिन सम्म छलफल गरी निर्णय लिइएको हो। उनको स्वास्थ अवस्था नै यो निर्णय लिनुमा पहिलो कारण भएको समेत उनले बताएका छन। योनहान न्युज एजेन्सीमा आधारमा तयार पारिएको।

प्रतिकृया दिनुहोस्