Thursday, October 6

बस कि ट्रेन? अब दुबै एउटै गाडीमा, जापानले बनायो रेल र बस एउटै गाडीमा

January 6, 2022 339

यो बस पनि हो अनि ट्रेन पनि हो। यो ‘डी एम भि’ हो। विश्वकै पहिलो दुइ किसिमको गाडी अर्थात डुअल मोड भेइकल जापानले बनाएको छ। यो गाडी रेलको लिकमा पनि दौडन्छ भने बाटोमा गुड्दछ पनि। यस्तो गाडी जापानमा शनिवारबाट सर्वसाधारणको प्रयोगका लागि खुला गरिसकिएको छ। जापानको टोकुशिमा प्रिफेक्चरको काइयो शहरमा शनिवारबाट प्रयोगमा ल्याइएको हो।

डबल मोड अर्थात बस तथा रेल मिश्रित यो गाडी हर्दा मिनिबस जस्तै देखिन्छ। सामान्य बाटोमा रबरको टायरको प्रयोग गरी गुड्दछ भने जब रेलको बाटो आउँदछ तब स्टिलको पाङ्रा निकालेर रेलको लिकमा तुफान दौडन्छ। रेलको लिकमा पुगेपछि एकाएक रेलजस्तै काम गर्छ। रेलजसरी नै तुफान दौडन्छ।

ट्रेनको पाङ्रा झारेर रबरको टायरलाई माथितिर तानिन्छ र पछाडीको टायरको सहायताले गाडीलाई बिस्तारै रेलको लिकमा चढाईन्छ। यस किसिमको हाइब्रिड गाडी सन्चालन गर्ने आशा कोस्ट रेलवे कम्पनीका सिइओका अनुसार यस किसिमको गाडीले जापानका स साना शहरहरुका बासिन्दाहरुलाई सजिलो हुनेछ। यस्ता शहर जहाँ मानिसहरुको जनसंख्या घटिरहेको छ र धेरैजसो मानिसहरु बूढापाका भइसकेका छन त्यस्ता ठाउँहरुमा यस किसिमको सवारी साधनले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अहिले जापानका सानातिना शहरहरुमा सन्चालन हुने सवारीहरुले नाफा कमाउन सकिरहेका छैनन। घट्दो जनसंख्या तथा बढ्दो बुढापाकाको कारण यस्ता शहरहरुमा सन्चालन हुने यातायातहरुले नाफा गर्न गाह्रो परिरहेको अवस्थामा यस किसिमको हाइब्रिड सवारीको सन्चालनले केहि राहत मिल्ने अपेक्षा गरिएको छ। “यो डि एम भि सवारी स्थानिय गाउँ गाउँमा बसका रुपमा जान सक्दछ भने उनिहरुलाई रेलवेका माध्यमबाट टाढा टाढासम्म पुर्याउन सक्नेछ।” कम्पनीका सिइओ शिगेकी मिउराले शुक्रबार बताए।

यो डिएमभी सवारीले बढिमा २१ जनासम्म मानिस बोक्न सक्दछ भने रेल ट्रयाकमा ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडन सक्दछ। रेलको ट्रयाकमा यो गाडी १०० किलोमिटरको गतिमा समेत दौडन सक्ने बताइएको छ। डिजेलबाट चल्ने यो गाडी विभिन्न रङमा ल्याइएको छ। जापानको दक्षिणी सामुन्द्रित शहर शिकोकु लगायतका क्षेत्रमा यो गाडी सन्चालन हुनेछ। यसले जापानका साना साना शहरहरुलाई जोड्ने काम गर्दछ।

प्रतिकृया दिनुहोस्