Saturday, January 22

भोलीबाट कोरियामा कोरोना राहत स्वरुप १० लाख वन बाँडिदै, हेरौं क-कसले पाउँछन?

December 26, 2021 838

दक्षिण कोरियाले कोरोनाको राहत स्वरुप १० लाख वन बाँढ्ने भएको छ। भोली अर्थात डिसेम्बर २७ तारिखबाट यो राहत बाँढिने छ। सरकारले पछिल्लो पटक सं’क्रम’ण फै’लन थालेसँगै फेरि सामाजिक दूरीका नियमहरुमा क’डाई गरेसँगै कैयौं साना तथा मझौला व्यापार व्यवसायहरु समस्यामा परेका थिए।

गत नोभेम्बर १ तारिखबाट ‘लिभिङ विथ को’रोना’ को अवधारण लागू गरिएपछि साना तथा मझौला व्यापार व्ययवसायहरुले गति लिन थालेपनि केहि हप्तामै को’रोना सं’क्रम’ण बढेपछि यसबाट पछि हट्दै पुन देशभर सामाजिक दूरीका नि’यममा क’डाई गरिएको थियो। जसको असर यस्ता व्यापार व्यवसायहरुमा प्रत्यक्ष पर्न गयो। यसै कुरालाई मध्येनजर गर्दै कोरिया सरकारले साना तथा मझौला व्यापार व्यवसायहरुलाई जनही १० लाख वन सहयोग उपलब्ध गराउने भएको हो।

डिसेम्बर २६ अर्थात आज कोरियाको स्टार्टअप तथा एसएमइ मन्त्रालयले दिएको जानकारी अनुसार अहिले दिन लागिएको सहुलियत सना तथा मझौला व्यापार व्यवसाय जुन डिसेम्बर १५ भन्दा अघि सन्चालनमा आएका थिए उनिहरुले पाउनेछन। ति व्यापारहरु जसलाई केहि समय अघि बाट पुन सुरु गरिएको सामाजिक दूरीका नि’यमले अ’सर गर्दछ जसको व्यापार घट्दछ, घटा हुन्छ उनिहरुले प्रत्येकले १० लाख वन पाउनेछन।

सरकारले निश्चित समायावधिमा मात्र सन्चालन गर्न पाउने भएका साना तथा मझौला व्यापार व्यवसायहरुलाई डिसेम्बर २७ बाटै सहुलियन उपलब्ध गराउन सुरु गरिनेछ। ति ब्यापार व्यवसायले तुरुन्तै विना कागजपत्र, विना झन्झट यसका लागि आवदेन दिन सक्ने पनि बताइएको छ। डिसेम्बर २७ तारिखका दिन आफ्नो विजनेश रजिष्ट्रेन नम्मर विजोड भएका साना तथा मझौला व्यापार व्यवसायले यस सहुलियतका लागि आवदेन दिन सक्नेछन भने डिसेम्बर २८ तारिख आफ्नो विजनेश रजिष्ट्रेशन नम्मरको अन्तिम अङ्क जोड भएका व्यापार व्यवसायले आवदेन दिन सक्नेछन।

डिसमेबर २८ पछि भने जो कोहिले सहुलियतका लागि आवेदन दिन सक्ने बताइएको छ। आवेदन पश्चात व्यवसायका मालिकहरुले एउटा मेसेज पाउनेछन र मेसेज पाएकै दिन वा भोलिपल्ट सहुलियत रकम उनिहरुलाई प्रदान गरिनेछ। यस सहुलियतका लागि योग्यता, आवेदन दिने तरिका आदिको बारेमा बिस्तृत जानकारी कोरियाको स्टार्टअप तथा एसएमइ मन्त्रालयको आधिकारिक वेवसाइटमा पाउन सकिनेछ।

प्रतिकृया दिनुहोस्