Saturday, June 25

हानपासले ल्यायो ‘हानपास कार्ड’, कोरियामा आवश्यक पर्ने धेरै सुविधा कार्डबाटै

December 27, 2021 390

दक्षिण कोरियामा रहेका नेपालीहरु माझ एकदमै लोकप्रिय तथा पहिलो रोजाईमा रहेको रेमिटेन्स कम्पनी हानपासले समय समयमा विभिन्न अफर तथा उपहार योजनाहरु ल्याउँदै आइरहेको छ। विगतमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग पुर्याउँदै आइरहेको यस रेमिटेन्स कम्पनी  कोरियामा रहेको नेपाली समुदायमा अझ बढि लोकप्रिय रहेको छ।

यसै क्रममा हानपासले कोरियामा रहेका विदेशीहरुका लागि अझ धेरै सहयोग होस भन्ने मनसायले ‘हानपास कार्ड’ को सुरुवात गरेको छ। यो एउटै कार्डबाट विभिन्न किसिमका सुविधाहरु लिन सकिन्छ। हानपास कार्डको प्रयोग गरी कोरियाभित्र भिजा कार्ड प्रयोग हुने जुनसुकै स्टोरहरुमा किनमेल गर्न सकिन्छ।

हानपास कार्ड बहुउपयोगी समेत रहेको छ। यसको प्रयोग कोरियामा यातायात कार्डका रुपमा पनि प्रयोग गर्न सकिन्छ। कोरियाभित्र बस, ट्रेन, ट्याक्सी लगायतका यातायातका साधन प्रयोग गर्दा यसै कार्डबाट पैसा तिर्न सकिन्छ। त्यसैगरी कोरियामा अनलाईन सपिङ पनि यसै कार्डबाट गर्न सकिन्छ। मोबाईलमा रिजार्ज गर्न पनि अब कुनै झन्झट छैन। हानपासको यसै कार्डबाट सजिलै गर्न सकिन्छ।

कोरियाभित्र मात्रै हैन विदेशमा समेत हानपास कार्ड प्रयोग गर्न सकिन्छ। विदेशमा रहेका एटिएमबाट पैसा निकाल्ने देखि लिएर अन्तराष्ट्रिय पेमेन्ट समेत यसै कार्डबाट सम्भव छ। यति मात्रै हैन कोरियामा आवश्यक पर्न सक्ने विभिन्न सेवा तथा सुविधाहरु पनि बिस्तारै यस कार्डमा थप गरिदै लैजाने हानपासका प्रतिनिधिले जानकारी दिनुभएको छ।

हानपासको यो कार्ड आएसँगै कोरियामा रहका नेपालीहरु खुशी भएका छन। कोरियामा दैनिक जिवनयापनमा आवश्यक पर्ने आफ्ना आर्थिक गतिबिधी गर्न सजिलो पनि हुने तथा प्रयोग गरेबापत नगद फिर्ता पनि पाइने भएकाले यस कार्डको लोकप्रियता बढिरहेको छ। कोरिया भित्र कार्डबाट कारोबार गर्दा ०.३ प्रतिशत नगद क्यासब्याक तुरुन्तै पाइन्छ भने कोरिया बाहिर प्रयोग गर्दा २ प्रतिशत नगद फिर्ता तुरुन्तै पाइने हानपासले जानकारी दिएको छ। सहयोगका लागि पूर्व आवेदन फाराम यो लिङ्कबाट भर्न सक्नुहुनेछ : लिङ्क

प्रतिकृया दिनुहोस्