Thursday, October 6

कोरियामा घट्यो कोरोना, आज दैनिक संक्रमित संख्या २० दिन यताकै सबैभन्दा कम

December 27, 2021 365

दक्षिण कोरियामा केहि दिन यता को’रोना सं’क्रम’ण घट्दै गइरहेको देखिएको छ। सोमबार कोरियामा दैनिक नयाँ सं’क्रमितहरुको संख्या २० दिन यताकै सबैभन्दा कम भएको छ। २० दिनपछि पहिलो पटक कोरियामा यो संख्या ५ हजार बाट तल झरेको हो। संक्रमित संख्या तल झर्नुको कारण केहि दिन अघिबाट कोरियाले पुन: सामाजिक दूरीका नि’यमहरुमा गरेको क’डाई तथा शनिवार र आइतबार कोरियामा सार्वजनिक विदा परेका कारण प’रीक्षण कम हुनु रहेको बताइएको छ।

दैनिक सं’क्रमित संख्या घटेपनि को’रोनाको सि’कि’स्त वि’रा’मी भने अझैपनि सोचेजस्तो घट्न सकिरहेको छैन। सोमबार कोरियामा थप ४ हजार २ सय ७ जनामा सं’क्रम’ण पुष्टि भएको छ। यो संख्या सँगै कुल को’रो’ना सं’क्रमितहरुको संख्या ६ लाख ११ हजार ६ सय ७० पुगेको कोरिया रो’ग नि’यन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको छ।

सोमबारको ४ हजार २ सय ७ जना सं’क्रमित पहिलो पटक डिसेम्बर ७ तारिखपछि ५ हजारको बिन्दूबाट तल झरेको हो। डिसेम्बर १५ तारिख कोरियामा अहिले सम्मकै सबैभन्दा धेरै ७ हजार ८ सय ४९ जना सं’क्रमित थपिएका थिए। यो अवस्थाबाट सोमबारको संख्यामा आइपुग्नु धेरै सकारात्मक कुरा भएको कोरियाका स्वा’स्थ अधिकारकर्मीहरुको भनाइ रहेको छ।

त्यसैगरी सोमबार कोरिया भरी थप ६९ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। यो संख्या सँगै कोरियामा अहिलेसम्म कुल ४ सय ४५ जनामा ओमिक्रोन भे’रियन्ट भेटिएको छ। यो कुल संख्यामध्ये १ सय ८१ जना भने विदेशबाट आएकाहरुमा देखिएको हो भने बाँकी २ सय ६४ जना भने कोरिया भित्रै सरेको सं’क्रम’ण भएको केसिडिएले जानकारी दिएको छ।

पछिल्लो समय को’रो’ना सं’क्रम’ण पुन बढ्न थाल्नुका साथै को’रोनाको नयाँ भेरि’यन्ट ओमिक्रोन भित्रिएपछि गत डिसेम्बर १८ तारिखबाट दक्षिण कोरियाली सरकारले पुन सामाजिक दूरीका नि’यमहरु लागू गरेको थियो। यो नियम आउँदो जनवरी २ तारिखसम्म जारी रहने जानकारी दिइएको छ। यध्यपि यो अवधि अझ थप हुने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्