Monday, September 26

किम्हे माइग्रेन्ट सेन्टरले तालिम सन्चालन गर्ने

January 29, 2021 1241

दक्षिण कोरियामा रहेका बिदेशीहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आइरहेको किम्हे माइग्रेन्ट सेन्टरले यो बर्ष पनि तालिमहरु सन्चालन गर्ने भएको छ। “आधुनिक कृषि स्वदेशमा रोजगार” को कल्पना गरि सेन्टरले सुरु गर्न लागेको बिभिन्न तालिमहरु यो बर्ष फेब्रुअरी २८ बाट सुरु हुँदैछ।

दक्षिण कोरियाको बुसान, ख्यङनाम, जिन्जु, देगु, गजेदो वरिपरी बसोबास गर्ने नेपालीहरुले एनआरएन ख्याङसाङ वा माइग्रेन्ट हाउसमा सम्पर्क गरि फाइदा दिन सक्नेछन्।  यो बर्ष कोरोना भाईरस महामरीका कारण पहिलो चरणमा कृषि र कार मर्मत सम्बन्धी तालिम सन्चालन हुने तथा अवस्था र परिस्थिती हेरी बेकरी र कफि बनाउने तालिमहरु सन्चालन हुन सक्ने जनाइएको छ।

यो तालिममा सहभागी हुनका लागि आफ्नो पूरा नाम, फोन नम्बर र विदेशी परिचयपत्र अर्थात आइडिकार्ड आवश्यक पर्दछ। यि कागजात तयार गरि तालिममा सहभागी हुन इच्छुकले यज्ञराज सुवेदीज्युको मोबाईल नम्बर ०१०-६३०००९०२,  भेषराज दाहाल ज्यूको मोबाइल नम्बर ०१०-३०४६४४७८, सुजाता बस्नेत ज्यूको मोबाईल नम्बर ०१०-८०९५-४७६० तथा योगिता गौतमज्यूको मोबाईल नम्बर ०१०-५४७५८४१० मा सम्पर्क गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्