Saturday, June 25

कोरियाले अब नयाँ क्षेत्रमा नेपाली कामदार लैजाने, नयाँ भाषा परीक्षा समेत यो मितिमा गर्ने तयारी

December 27, 2021 718

नेपाली कामदारहरुका लागि आकर्षक रोजगार गन्तब्यका रुपमा रहेको दक्षिण कोरिया जाने नेपाली कामदारहरु कोरोना संक्रमण विश्वभर फैलिएसँगै करिब २ बर्षदेखि रोकिएका थिए। तर केहि समय अघिदेखि पुन कोरिया लैजाने प्रकृया सुरु भएको थियो। विगतका केहि उडानहरुबाट केहि सय नेपाली कामदार दक्षिण कोरिया प्रवेश गरिसकेका छन भने हजारौं श्रमिक अझै पनि पर्खाइमा रहेका छन।

यसै क्रममा कोरियाले आउँदो साताबाट भने कोरिया लैजान नेपाली कामदारको संख्यामा बृध्दि गर्ने भएको छ। आगामी सोमबार अर्थात पुष १९ गतेबाट नियमित र कमिटेड कामदार दुबै गरी करिब २०० जना हरेक उडानमा लैजाने भएको जानकारी इपिएस कोरिया शाखाका निर्देशकले दिएका छन। यस अघि कोरियाले हरेक उडानमा ५० देखि १ सय ५० सम्म कामदार लाने गरेको थियो। २०० जना भनिएपनि केहि संख्या यसबाट तलमाथि हुन सक्ने बताइएको छ।

त्यसैगरी दक्षिण कोरियाले अब नयाँ क्षेत्रमा नेपाली कामदार भित्राउन लागेको छ। यसअघि उत्पादनमुलक क्षेत्र अर्थात म्यानुफ्याक्चरीङ र कृषि तथा पशुपालन अर्थात एग्रिकल्चर क्षेत्रमा मात्रै नेपाली कामदार दक्षिण कोरिया जाने गरेकोमा अब भने माछापालन क्षेत्रमा पनि नेपाली कामदार लैजान कोरियाले इच्छा देखाएको छ। यस बारेमा कोरियाली पक्षसँग छलफल अघि बढिसकेको इपिएस प्रमुखले जानकारी दिनुभएको छ।

माछापालन क्षेत्रसँगै कोरियामा नेपालीहरुलाई नयाँ काममा अवसर मिल्न लागेको हो। अहिले विभिन्न समयमा कोरियाबाट कमिटेड अर्थात कम्पनी परिवर्तन नगरी आफ्नो पहिलो कार्यकाल पूरा गरि नेपाल फर्केकाहरुलाई प्राथमिकताका साथ कोरिया पठाइदै छ। उनिहरुलाई कार्तिकको पहिलो साताबाटै कोरिया पठाउन थालिएको हो। कमिटेडसँगै सन २०१८ र सन २०१९ मा इपिएस भाषा परीक्षा पास गरेकाहरुलाई पनि अहिले कोरिया पठाउने काम धमाधम भइरहेको छ।

यसैगरी कोरियामा पहिलो कार्यकाल पुरा गरी विभिन्न समयमा नेपाल फर्केकाहरुका लागि विशेष कोरियन भाषा परीक्षा अर्थात सिबिटी भाषा परीक्षापनि धमाधम भइरहेको छ। यो सँगै अब नयाँ भाषा परीक्षाको सम्भावना बढ्दै गइरहेको छ। कोरियामा नेपाली कामदारहरुको माग बढाउनका लागि नेपाली पक्षबाट कोरियन पक्षलाई विभिन्न समयमा अनौपचारिक रुपमा छलफल भइरहेको बताइएको छ। कोरियाले सन २०२२ मा विभिन्न १६ वटा देशहरुबाट ६६ हजार विदेशी कामदार भित्राउने बताइसकेको छ। नेपालले चैत या बैशाखतिर नयाँ भाषा परीक्षा गर्ने तयारी समेत गरिरहेको जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्