Saturday, January 22

कठै! दुबै खुट्टा छैनन्, यति मीठो दोहोरि गाउछिन् (हेरौं भिडियो)

December 28, 2021 104

मानिसलाई आफ्नो कला देखाउन केहि पनि कुराले रोक्न सक्दैन। शारिरीक रुपमा अपाङ्गता भएतापनि गाउने कला भएकी एक महिलाको कुरा आज लेख्दैछौं। मनिषा परियारले आफू जन्मिकएकव ७ महिनामै दुबै खुट्टा गुमाउनुपर्यो। जन्मिएको सात महिनामा नै दुबै खुट्टा गुमाएकि २३ बर्षिय मनिषाले जीवनमा धेरै संघर्ष गर्नुपर्यो।

अर्घाखाँचीकि २३ बर्षिय मनिषा परियार जन्मिएक सात महिनामानै आगोमा परिन। दैबको लिला उनले आफ्नो दुबै खुट्टा गुमाउन पर्यो। ११ बर्षको उमेरसम्म उनी आफ्नो घर अर्घाखाँचीमा नै बसिन , पहाडको बाटो हिड्न एकदै गाह्राे भएपछि उनी अहिले कपिलवस्तुको इमिलियामा बस्दै आएकि छिन्।

आर्थिक रुपमा एकदमै नाजुक अवस्था भएकाले उनले आजभन्दा तीन बर्ष अगाडि डेढ लाख रुपैया ऋण नै खोजेर कृतिम खुट्टा हालिन। आफूलाई केहि सहज होला कि भनेर हालेको त्यहि कृत्रिम खुट्टा हालेको पैसा अहिलेसम्म पनि उनले तिर्न सकेकि छैनन्। त्यहि ऋण लिएको पैसा तिर्न उनले इमिलियाको हाट बजारमा कपडा बेच्दै आएकि छिन्।

हाट बजारमा कपडा बेच्दै उनि आफ्नो दैनिक जिवन गुजार चलाउँदै आइरहेकी छिन। कपडा बेचेर उनि दिनको करिब ४००-५०० मात्रै कमाइ गर्छिन।  त्यो पैसाले ऋण तिर्ने कि घर चलाउने उनलाई आपत छ। घर चलाउने समस्या रहेको उनलाई भने गायक बन्नु छ। उनको सपना छ गायिका बन्ने उनले गित पनि उतिकै मीठो गाउछिन्।

साँच्चै उनलाई भगवानले गीत गाउने कला र स्वर दिएका छन। आफुसगैका साथिहरु हिडेको देख्दा आफुलाई बिझाउने गरेको र दुबै खुट्टा नहुदा पनि आफै सबै काम गर्दै आएको ताकि अशक्त भएर केही गर्न सक्दिन खान्छे बस्छे मात्रै भन्नेहरुले त्यशो भन्ने मौका नपाउन र आफू कसैको बोझ बन्न नचाहेको उनी बताउँछिन्।

प्रतिकृया दिनुहोस्