Thursday, October 6

नापी कर्मचारीले भित्र्याए छोरी सरहकी बेहुली, तस्विर सामाजिक सन्जालमा भाइरल

January 4, 2022 719

पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन्। आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका हुन्।

हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ। जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ। नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन। तस्विर सामाजिक सन्जालमा सार्वजनिक भएसँगै मानिसहरुले विभिन्न प्रतिकृयाहरु दिइरहेका छन।

डिल्लीराम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ। उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भनेका छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन्।

धेरैले यो जोडीको फोटो देखेर अनमेल विवाह भएको भन्दै बिरोध गरेका छन। फोटो हेर्दा पनि यस्तै देखिन्छ। दुलाहा निकै पाको उमेरको देखिन्छ भने दुलहीको उमेर भरखरकै जस्तो देखिन्छ। फोटो सार्वजनिक भएपछि सामाजिक सन्जालमा धेरैजसो प्रयोग कर्ताहरुले उनिहरुलाई गाली गरेका छन भने थोरैले मात्र बधाई दिएको देख्न सकिन्छ।

नव विवाहित यो जोडीको बिस्तृत विवरण उपलब्ध नभएतापनि दुलाहा भने पाँचथर जिल्लाको फिदिमस्थित नापी कार्यालयका कर्मचारी भएको बुझिएको छ। तर दुलहिको परिचय भने अहिलेसम्म थाहा हुन सकेको छैन। उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको छ । नेपाल खबर बाट

प्रतिकृया दिनुहोस्