Thursday, October 6

दक्षिण कोरियाबाट भागेर एक युवक उत्तर कोरिया प्रवेश

January 5, 2022 1397

उत्तर र दक्षिण कोरियाको बिचमा राम्रो सम्बन्ध छैन। कुनै समय एउटै देश रहेको यि दुई कोरिया पछि कोरियन युध्दसँगै उत्तर र दक्षिण कोरियाका रुपमा छुट्टिएका थिए। एउटा कोरियाले अर्को कोरियालाई शत्रुका रुपमा लिने गर्दछन भने त्यस्तै अनुरुपको व्यवहार समेत गर्ने गर्दछन। उत्तर र दक्षिण कोरियाबिच जोडिएको सिमानामा पनि दुबै देशले आफ्नो आफ्नो शेना राखेका छन।

यि दुई देशको सिमाना एकदमै कडा सुरक्षा घेरामा रहने गर्दछ। यो सिमा पार भएर कोहि पनि जान सक्छन भनेर कसैले अनुमान समेत गर्न गाह्रो पर्दछ। तर एक जना दक्षिण कोरियाली नागरिक उत्तर कोरिया प्रवेश गरेका छन्। उनी सीमा नाकामा भएको कडा सुरक्षाकोबीच भागेर उत्तर कोरिया प्रवेश गरेको दक्षिण कोरियाका सेनाले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

उनले सधैँ उच्च रहने सुरक्षा व्यवस्थाबीच उत्तर कोरियासँगको सीमा पार गरेको गरेको हो। देश छोडेर भाग्न खोजेका ती व्यक्तिले उनलाई खोजिरहेका दक्षिण कोरियाली सैनिकहरूलाई समेत कैयौँ घण्टासम्म छल्न सफल भएका थिए। सउलस्थित सेना प्रमुखले ती व्यक्ति जीवितै रहे नरहेको आफूहरूलाई थाहा नभए पनि उत्तर कोरियालाई सजग रहन भनिएको बताए ।

पूर्वी तटीय विन्दुको दुई कोरियाबीच सीमा छुट्टाउने असैनिकीकृत (दशगजा) क्षेत्रमा ती व्यक्ति शनिवार स्थानीय समय अनुसार रातको नौ बजेर २० मिनेटमा देखा परेको दक्षिण कोरियाली अधिकारीले जानकारी दिए। विगतमा पनि सीमा पार सम्बन्धी यस्तै घटना भएपछि सउलका रक्षा अधिकारीहरूले सीमा रक्षा प्रणालीमा व्यापक सुधार गर्ने वाचा गरेका थिए।

विगतमा पनि उत्तर र दक्षिणको सिमानामा यस्तै प्रकृतिका घटनाहरु हुने गरेका थिए। आखिर ति ब्यक्तिले किन सुविधा सम्पन्न दक्षिण कोरिया छाडेर उत्तर कोरिया प्रवेश गरे होलान त भन्ने कौतुहलता मानिसहरुमा रहेको छ। यि दुई कोरिया बिचमा रहेको सिमा क्षेत्रमा उच्च सुरक्षा हुँदा समेत सबैको आँखा छलि कसरी सिमा पार गर्न सके भनेर धेरैलाई विस्वास समेत गर्न गाह्रो परिरहेको छ।

प्रतिकृया दिनुहोस्