Thursday, October 6

कोरियालाई विश्वकै पाँचौ शक्तिशाली देश बनाउने सत्तासिन पार्टीका राष्ट्रपति उम्मेदवारको घोषणा

January 4, 2022 731

दक्षिण कोरियाको सत्ताधारी पार्टीका आगामी राष्ट्रपतिका उम्मेदवार लि जे म्यङले मंगलबार दक्षिण कोरियालाई विश्वकै पाँचौं शक्तिशाली देश बनाउने घोषणा गरेका छन। उनले कोरियाको प्रति ब्यक्ति आम्दानी ५० हजार अमेरिकी डलर पुर्याउने योजना समेत अघि सारेका छन।

लि जे म्यङले राजधानी सउलबाट दक्षिण पश्चिममा पर्ने ख्वाङम्यङमा रहेको किया कार प्लान्टमा आयोजित नयाँ बर्षको प्रेश मिटिङमा यस्तो घोषणा सार्वजनिक गरेका हुन। कियाको यो फ्याक्ट्रीलाई दक्षिण कोरियाकै अटो व्यवसाय उध्योगको जन्मभूमीका रुपमा लिइने गरिन्छ।

‘म यदि राष्ट्रपति पदमा निर्वाचित भएको खण्डमा प्रतिव्यक्ति आम्दानीलाई ५० हजार डलरमा पुर्याउँदै दक्षिण कोरियालाई विश्वकै पाँचौ शक्तिशाली देश बनाउनेतर्फ काम गर्नेछु।’ कोरियाको डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिका लागि उम्मेदवार बनेका लिले बताएका छन। अहिले दक्षिण कोरियाको प्रति ब्यक्ति आम्दानी ३० हजार अमेरिकी डलरभन्दा माथि रहेको छ।

‘त्यसैगरी म देशभित्र रहेको गरिबीलाई हटाउनेछु जसरी मैले आफ्नो व्यक्तिगत जिवनमा यो सब कुरालाई हटाउँदै अघि बढें। कोरियाली जनताहरुसँगै मिलेर म अहिले कोरियाले भोगिरहेका तमाम समस्याहरुको समाधान खोज्ने कोशिस गर्नेछु।’ उनले थपे। ‘जस्तोसुकै समस्यासँग पनि जुध्न सक्ने दह्रा र क्षमतावान कोरियन नागरिकहरुको राष्ट्रपति म बन्नेछु।’ उनले भनेका छन।

लिले भनेका छन अहिले कोरियामा अत्याधिक तिब्र गतिमा बढिरहेको घरजग्गाको मूल्यलाई नियन्त्रण गर्नेछु। त्यसैगरी को’रोनाका कारण क्षति व्यहोरिरहेका व्यापार व्यवसायहरुलाई सरकारले सक्दो सहयोग गर्ने समेत उनले बताएका छन। मौषम परिवर्तनको समस्या समाधानका लागि कार्वन रहित कोरियाको लागि कार्ययोजना अघि बढाउने समेत उनको योजना रहेको बताएका छन।

प्रतिकृया दिनुहोस्