सप्तरीको एक ठाउँ यस्तो छ जहाँ तपाईहरुले फ्रिमा टिकटक भिडियो बनाउन पाउनुहुने छैन। टि’कटक भिडियो बनाए बापत केहि शुल्क तिर्नुपर्ने हुन्छ। सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका ५ समिचोकमा १२ कठ्ठामा पहिलो पटक स्ट्रबेरीको परी’क्षण खेती गरेको थियो।
शशनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अ’नुसन्धान गरे। स्ट्रबेरीले राम्रो फल दिएपछि उनीहरूले यस वर्ष करिब १८ कठ्ठामा स्ट्रबेरीको व्यावसायिक खेती गरेका छन्। गत वर्ष उनीहरूले प’रीक्षणका लागि लगाएको स्ट्रबेरी फार्म भा’इर’ल नै बन्यो। यो फार्मलाई सामा’जिक सन्जा’लले नै भा’इर’ल बनाएको भन्दा फरक नपर्ला।
फार्मभित्र प्रवेश गरि स्ट्रबेरी टिप्दै टिकटक बनाउनेको भि’ड लागेपछि केही दिनसम्म फार्म नै बन्द गर्नुपरेको थियो। टि’कटक भिडियो बनाउनेको अ’त्याधिक भि’ड लागेपछि सम’स्या उत्पन्न भएर केहि समयका लागि फार्म नै ब’न्द समेत गर्नुपरेको थियो। यस वर्ष भने फार्मभित्र प्रवेश गर्नेलाई शुल्क लगाउने योजना रहेको शशन बताउँछन्।
‘ज’भाभावी फार्मभित्र पसेर टि’कटक बनाउँदा बिरुवाहरु भाँ’चिए। यस वर्ष त्यसरी पस्न दिइँदैनौँ । दुई तीनवटा लाइनमा मात्र पस्न पाउने, त्यो पनि शुल्क तिरेर मात्र। त्यसो गर्ने योजनामा छौँ’, उनले भने । प्रति व्यक्ति १० देखि २० रुपैयाँसम्म प्रवेश शुल्क लिने योजना रहेको उनले बताए ।फार्मसम्म ल्याइपुर्याँदा एउटा बिरुवाको मूल्य ३५ रुपैयाँ पर्न जाने उनी बताउँछन्।
एक सिजनमा प्रति बिरुवा आधा किलोसम्म उत्पादन हुने उनको अनुमान छ । गत वर्ष १२ कठ्ठामा लगाइएको १२ हजार बिरुवाबाट करिब तीन टन स्ट्रबेरी बिक्री भएको उनले बताए । ‘खासमा तिहारअघि नै बिरुवा लगाइसक्नुपर्ने हो । केही बिरुवा गर्मीले काले लगाउन केही ढिला भयो’, उनी भन्छन्, ‘अब लगाइएको स्ट्रबेरी १५ पुसदेखि पाकेर बिक्री गर्न सकिने हुन्छन् । चैतसम्म बिक्री गर्छौँ ।’
प्रतिकृया दिनुहोस्