Saturday, January 22

यति कम उमेरबाटै राजनितिमा लाग्न पाइने कानून ल्याउँदै कोरिया, स्कुल पढ्नेले समेत राजनिति गर्न सक्ने

January 8, 2022 129

दक्षिण कोरियामा राजनैतिक पार्टी सम्बन्धी कानूनमा परिमार्जन गरिएको छ। जनवरी ५ तारिखमा नेशनल एसेम्बलीको स्पेशल कमिटीले राजनैतिक दल सम्बन्धि कानूनमा परिमार्जन गरेको हो। राजनैतिक दल सम्बन्धी कानूनमा भएको परिमार्जन सँगै अब कोरियामा १६ बर्षबाटै राजनितिमा लाग्न पाइने भएको छ। यस अघिको कानूनमा राजनैतिक दलमा आबध्द हुन कोरियामा १८ बर्ष पूरा हुनुपर्ने नियम रहेको थियो।

तर संसोधित यो कानून नेशनल एसेम्ब्लीको कानून तथा बिधान कमिटीले पनि पास गरेपछि लागु हुनेछ। यो कानून पास भएपछि कोरियाको हाइ स्कुल प्रथम बर्षमा अध्यन गर्नेहरुले समेत राजनैतिक दलमा आबध्द हुन पाउनेछन। जनवरी ५ तारिख दिउँसो पोलिटिकल पार्टी रिफर्म कमिटीले छलफल गरी भोटिङका माध्यमबाट राजनैतिक दलमा आवध्द हुन पाउने उमेर २ बर्ष घटाउने निर्णय गरेको थियो।

यो कानून पास भएसँगै प्रयोगमा आउनेछ। अब १८ बर्ष उमेर पुगेका अथवा हाइ स्कुलको तेश्रो बर्षमा अध्यन गर्ने जो कोही पनि राजनैतिक दलमा मौका पाएमा चुनावमा उठ्न सक्ने भएको छ। दक्षिण कोरियामा आउँदो मार्च महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम समेत रहेको छ।

पब्लिक अफिसियल इलेक्सन एक्टमा हुने परिवर्तन सँगै दक्षिण कोरियाभन्दा वाहिर रहेका कोरियनहरुले अझ सहज तरिकाले कोरियामा हुने चुनावमा भोट गर्न पाउनेछन। विदेशमा अब आउँदो मार्चमा हुने चुनावका लागि अझ धेरै भोटिङ सेन्टरहरु राख्ने गरि कानून परिवर्तन हुने भएको छ। अब ३० हजारभन्दा बढि कोरियन भएको विदेशी भूमिमा कोरियामा हुने चुनावका लागि भोटिङ सेन्टर राखिनेछ।

त्यसैगरी चुनावका बेला प्राकृतिक प्रकोपजन्य असमान्य अवस्था सिर्जना भएको खण्डमा समेत भोट गर्ने समायवधि थप गर्न सहज हुने भएको छ। यसका साथै विदेशमा दुइ वा सोभन्दा बढि पटक लगातार चुनावमा भोट नगरेका विदेशमा बस्ने कोरियनहरुको नाम विदेशी भोट लिष्टबाट नहट्ने भएको छ। यसअघि लगातार दुइ वा सोभन्दा बढि चुनावमा भोट नगर्ने विदेशमा रहेका कोरियन नागरिकहरुको नाम विदेशी भोट लिष्टबाट हटाइने गरिएको थियो।

प्रतिकृया दिनुहोस्