Friday, June 25

दक्षिण कोरियामा चुरोट बिक्री बढ्दो

January 30, 2021 452

दक्षिण कोरियामा यो बर्ष चुरोटको खपत ४.१ प्रतिशतले बढेको छ। कोरोना भाइरस महामारीको कारण डिउटी फ्रीबाट हुने चुरोटको किनबेच प्रभावित भएपछि कोरियामा चुरोट खपत बढेको हो।

कोरियाको अर्थ तथा वाणिज्य मन्त्रालयका अनुसार गत बर्ष अर्थात् सन २०२० मा कोरियामा २० खिल्ली चुरोट भएको ३ अर्ब ५९ करोड बट्टा बिक्री भएको छ। यस्तो बिक्री सन २०१९ मा ३ अर्ब ४५ करोड बट्टा मात्र थियो।

कोरियामा चुरोटको आन्तरिक खपत बढ्नुमा डिउटी फ्री स्टोरबाट हुने सूर्तिजन्य पदार्थको किनबेच घटेकाले हो। कोरोना भाइरस महामारीका कारण हवाई आवतजावतमा कमि आएसँगै डिउटी फ्री स्टोरको कारोबारमा उच्च गिरावट आएको थियोे।

सन २०१९ मा भने सन २०१४ को तुलनामा चुरोटको खपत १७.७ प्रतिशतले घटेको थियोे। सन २०१५ बाट सरकारले सूर्तिजन्य पदार्थको मूल्य बृध्दि गरेपछि खपत घटेको थियोे।

कोरियाले सन् २०१५ को जनवरीमा चुरोटको भाउ ८० प्रतिशतले बढाएको थियोे। त्यतिबेला प्रतिबट्टा २५०० वन पर्ने चुरोटको मूल्य बढेर ४५०० वन पुगेको थियो। सरकारले धुम्रपान घटाउने उदेश्यले सूर्तिजन्य पदार्थको मूल्य अत्याधिक बढाएको थियोे।

सरकारले सन २०१६ मा सूर्ती कम्पनीहरुलाई चुरोटको बट्टाको माथिल्लो भागमा यसको भयानक असर झल्काउने खालका फोटाहरु प्रिन्ट राख्नुपर्ने निर्देशन दिएको थियो।

गत बर्ष बाफ वाला ईलेक्ट्रिक चुरोटको खपत ९७.६ प्रतिशतले घटेर ४ लाखबटा मात्र बिक्री भएको थियो। यसको बिक्री स्वात्तै घट्नुमा सरकारले यसको प्रयोग नगर्न दिएको निर्देशन थियो। ईलेक्ट्रिक चुरोटले खतरनाक फोक्सोको रोग लाग्ने तथा मृत्यु समेत हुन सक्ने भनि सरकारले नै प्रयोग नगर्न निर्देश गरेको थियो।

कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार सन २०१९ मा १९ वा सोभन्दा बढि उमेरका चुरोट सेवन गर्ने मानिसको संख्या ३५.७ प्रतिशत रह्यो जुन अहिलेसम्म कै कम हो।

प्रतिकृया दिनुहोस्