Saturday, June 25

कोरियाले अफ्रिकाको ६ देश सहित फिलिपिन्समाथि पनि लगायो यात्रा प्रतिबन्ध

January 7, 2022 793

दक्षिण कोरियाले लामो समयदेखि सुरक्षा जो’खिमका कारण मध्यपूर्व र अफ्रिकाका छ वटा देशसहित फिलिपिन्सका केही भागहरूलाइ छ महिनाका लागियात्रा प्र’तिबन्ध लगाउने निर्णय गरेकाे छ। यस अघि अफ्रिकि देशहरूमाथि लगाएकाे प्र’तिबन्धकाे म्याद थप्दै अन्य देशहरूमाथि पनि प्र’तिबन्ध लगाएकाे विदेश मन्त्रालयले शुक्रबारकाे व्रिफिङमा जनाएकाे छ।

कोरियाले यस अघि लगाएको यात्रा प्र’तिबन्ध यहि जनवरी ३१ तारिखसम्म रहेको थियो। अफ्रिकि देशहरूमाथि लगाएकाे प्र’तिबन्धको म्याद जनवरी ३१ मा सकिँदै थियो। अफ्रिकी देशहरुमा केहि समय अघि देखि देखिएको को’रोनाको नयाँ भे’रियन्ट ओमिक्रो’नका कारण जो’खिम रहेको भन्दै यात्रामा रो’क लगाएको हो।

तर फिलिपिन्सका तोकिएका क्षेत्रहरुमा भने को’रोनाको जो’खिमका कारण नभई राजनैतिक कारणले यात्रामा प्रति’बन्ध लगाउन लागिएको बताइएको छ। मन्त्रालयका अनुसार इराक, सिरिया, यमन, लिबिया, सोमालिया, अफगानिस्तान र फिलिपिन्स द्वीपसमूहको दक्षिणी क्षेत्र – जाम्बोआंगा प्रायद्वीप, सुलु, बासिलान र तावी-तावीकामाथि प्र’तिबन्ध लगाएकाे हाे।

तोकिएको क्षेत्रहरू आ’तंकवा’दी ह’म’ला र राजनीतिक अस्थि’रताको निरन्तर जो’खिममा परेका र सम्भवतः लामो समयसम्म रहने भएकाले यस्ताे निर्णय गरेकाे बतायाे। दक्षिण काेरियाले सन् २००७ देखि इराक, सिरिया, सोमालिया र अफगानिस्तानको यात्रामा प्र’तिबन्ध लगाइएको थियाे। त्यस्तै सन् २०११ मा यमन, २०१४ मा लिबिया र २०१५ मा फिलिपिन्सका टापुहरूमा प्र’तिबन्ध लगाएको थियो।

नेपालमा पनि केहि दिन यता कोरोना सं’क्रमण बढ्न थालेको भन्दै स्वा’स्थ मन्त्रालयले देशभरका अस्प’तालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएसँगै नेपालमा इपिएस भाषा पास गरेर बसेकाहरु यसबाट थप ज’टिलता उत्पन्न हुने पो हो कि भनेर डराएका छन। तर कोरियाको तर्फबाट नेपाललाई त्यस्तो कुनै पनि प्र’तिबन्ध अहिले सम्म लगाएको भने छैन। (योन्हाप)

प्रतिकृया दिनुहोस्