Friday, June 25

कोरियामा कडा सामाजिक दूरी कायम गर्नुपर्ने नियम २ हप्ता थपियो

February 1, 2021 538

दक्षिण कोरियाली सरकारले दोश्रो कठिन सामाजिक दूरी कायम गर्नुपर्ने नियम अर्को २ हप्ताका लागि थप गरेको छ। समय थप गरिएको कुरा कोरियाका प्रधानमन्त्री छङ्से ग्युनले आईतवार बताएका छन्।

“कोरोना भाइरस महामारीको तेस्रो लहर अहिले केही मथ्थर हुँदै गइरहेको देखिन्छ। यसले जुनसुकै बला फेरि पनि सताउन सक्दछ।” प्रधानमन्त्री ग्युनले सउलस्थित सरकारी कम्प्लेक्समा आइतबार भनेका छन्।

“अहिलेको अवस्थामा सरकारले दोस्रो कठिन सामाजिक दूरी कायम राख्नुपर्ने नियमलाई २ हप्ता थपेको छ। यो नियम कोरियाली नयाँ बर्ष सलनालसम्म कायम रहन्छ।” प्रधानमन्त्रीले बताएका छन्।

कोरियाली सरकार कठिन सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई खुकुलो पार्दै महामारी बाट थलिएको अर्थतन्त्रलाई केही राहत दिने सोचमा गम्भीर भएको थियोे तर केही बिध्यालय र हस्पिटलहरुबाटै कोरोना भाईरस फैलिएपछि सरकारले नियमलाई खुकुलो नपार्ने निष्कर्षमा पुगेको हो।

गत डिसेम्बर ८ तारिखबाट दक्षिण कोरियाले सामाजिक दूरीको लेभल २.५ लागू गरेको थियो। यो लेभल ५ वटा मध्येको दोस्रो कठिन हो। २.५ लेभलको नियम सउल क्षेत्रमा तथा त्यो भन्दा कम लेभल २ अन्य क्षेत्रमा लागू गरिएको थियोे। देशभर ५ वा सोभन्दा बढि मानिसको जमघटमा रोक लगाईएको छ।

कोरोना भाइरस महामारीको तेस्रो लहर डिसेम्बर २५ मा उच्चतम बिन्दुमा पुगेको थियोे। त्यस दिन कोरियामा एकैदिन १२४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जनवरी २२ मा आइपुग्दा संक्रमित संख्या दुई महिनाकै सबैभन्दा कम ३४६ रहेको थियोे। तर त्यसपछि पुन भाइरस फैलिन थाल्यो।

प्रधानमन्त्रीले आइतबार बताएका छन् कि फेब्रुअरीको मध्यसम्म कोरियाले ६० हजार जनालाई पुग्ने पिजर कम्पनीले उत्पादन गरेको कोरोना खोप पाउनेछ। त्यसैगरी यो बर्षको आधातिर सबै नागरिकलाई पुग्ने गरि अस्ट्राजेनेका कम्पनीको कोरोना खोप कोरिया आउनेछ।

दक्षिण कोरियामा आइतबार थप ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये ३२५ स्थानिय संक्रमण हो भने बाँकी आयातित संक्रमण हो।

प्रतिकृया दिनुहोस्