Thursday, October 6

कोरियामा बढ्यो स्वास्थ बीमा प्रमियम (건강보험) , अब कामदारले यति तिर्नुपर्ने

January 9, 2022 506

दक्षिण कोरियामा सन २०२२ का लागि स्वास्थ्य बीमाको प्रिमियम दर बढेको छ। सन २०२२ का लागि यस्तो बीमा १.८९ प्रतिशतले बढाउने निर्णय भएको छ। कोरियाको स्वास्थ्य तथा वेलफेयर मन्त्रालयले १९ औं स्वास्थ्य पोलिसीको रिभ्यू कमिटीले गत डिसेम्बर २६ तारिखका दिन एक रिपोर्ट तयार पार्दै सन २०२२ का लागि स्वास्थ बीमा प्रिमियम दर निर्धारण गरेको हो।

सन २०२२ का लागि स्वास्थ बीमा प्रमियम दरमा गरिएको बृध्दि १.८९ प्रतिशत गत पाँच बर्ष यताकै सबैभन्दा कम बृध्दि हो। सन २०१८ मा यस्तो बीमा प्रिमियममा २.०४ प्रतिशत बृध्दि गरिएको थियो भने सन २०१९ मा ३.४९ प्रतिशतको बृध्दि भएको थियो। त्यसैगरी सन २०२० मा स्वास्थ बीमाको प्रिमियम दर ३.२ प्रतिशतले बढेको थियो भने सन २०२१ मा २.८९  प्रतिशतले बढाईएको थियो।

प्रिमियम दर बढेसँगै रोजगारदाताले स्वास्थ बीमा रकम अब ६.८६ प्रतिशतबाट बृध्दि भएको ६.९९ प्रतिशत तिर्नुपर्ने हुन्छ। स्वास्थ बीमा प्रिमियम रकम कामदारको तलब अनुसार निर्धारण हुन्छ। कामदारले मासिक रुपमा पाउने तलब जुन बिभिन्न कर रकम काट्नुअघिको रकम हुन्छ त्यसको ६.९९ प्रतिशत हिसाब गरी स्वास्थ विमाका लागि तिर्नुपर्ने हुन्छ। कोरियामा रोजगारदाता अर्थात साहू र कामदारले यो रकम आधा आधा ब्यहोर्ने चलन धेरै पहिले देखि नै रहेको छ।

उदाहरणका लागि कुनै एक कामदारले कुनै कम्पनीमा एक महिनामा कर काट्नु अघि २५ लाख कोरियन वन तलब थापेको छ भने यसको ६.९९ प्रतिशतले हुन आउने रकम १ लाख ७४ हजार ७ सय ५० वन स्वास्थ बीमाका लागि तिर्नुपर्दछ। तर यो सबै रकम कामदारले ब्यहोर्नुभने पर्दैन। कोरियामा रोजगार दाता र कामदारले आधा आधा व्यहोर्ने नियम भएकाले कामदारले १ लाख ७४ हजार ७ सय ५० वनको आधा अर्थात ८७ हजार ३ सय ७५ वन मात्रै तिरे पुग्दछ।

यस अघि स्वास्थ बीमा प्रिमियम कति बढाउने भन्ने कुरा यस संग सम्बन्धित विभिन्न निकायहरुको बिचमा हुने भोटिङका आधारमा हुने गर्दथ्यो तर यसपटक भने विना भोटिङ नै निर्णय भएको हो। कोरोनाका कारण उत्पन्न समस्याका कारण विभिन्न निकायहरुको आपसी समझदारीमै यो दर निर्धारित भएको हो। स्वास्थ बीमा दर सन २०१६ मा ०.९० प्रतिशतले बढेको थियो भने त्यसयता सन २०१७ मा कुनै परिवर्तन गरिएन। सन २०१८ मा २.०४ प्रतिशत, सन २०१९ मा ३.४९ प्रतिशत, सन २०२० मा ३.२ प्रतिशत तथा सन २०२१ मा २.८९ प्रतिशतले बृध्दि गरिएको थियो।

प्रतिकृया दिनुहोस्