Saturday, January 22

कोरियाले १३ खर्ब बराबरको पानीजहाज बनाउने अर्डर पायो, सिपबिल्डिङमा काम गर्ने नेपाली मालामाल

January 11, 2022 772

दक्षिण कोरियाले १३ खर्ब कोरियन वन बराबरको पानीजहाज निर्माणको काम पाएको छ। कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरीङ कर्पोरेशन (केएसओई) ले सोमबार दिएको जानकारी अनुसार यसले १३ खर्ब कोरियन वन अर्थात करिब १.१ बिलियन अमेरीकी डलर मूल्य बराबरको पानीजहाज निर्माणको काम पाएको छ।

कोरियाका पानीजहाज निर्माण गर्ने कम्पनीहरुले युरोप तथा ल्याटिन अमेरीकाका भिन्दा भिन्दै ३ वटा कम्पनीहरुबाट पानीजहाज निर्माणको ठेक्का पाएका हुन। यि कम्पनीहरुबाट ४ वटा १६ हजार बिस फुटे बराबरका कन्टेनर बोक्ने पानीजहाज निर्माणको काम पाएका हुन। त्यसैगरी युरोप र ल्याटिन अमेरिकाबाटै चार वटा २५ सय-टिइयु कन्टेनर जहाजर र एउटा एलपिजी ग्याँस बोक्ने पानीजहाज निर्माणको काम पाएको कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरीङ कर्पोरेशन (केएसओई) ले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

२५००-टिइयु कन्टेनर पानीजहाज सन २०२३ को दोश्रो त्रैमासतिर अर्डर दिने कम्पनीलाई निर्माण सम्पन्न गरी हस्तान्त्रण गरिने योजना छ भने १६०००-टिइयु कन्टेनर पानीजहाज भने सन २०२५ को पहिलो त्रैमासमा हस्तान्तरण हुने योजना रहेको बताइएको छ। त्यसैगरी एलपिजी ग्याँस बोक्ने कन्टेनर पानीजहाज भने सन २०२५ को पहिलो त्रैमासमा निर्माण सम्पन्न गरी बुझाइनेछ।

कोरियाका पानीजहाज निर्माण कम्पनीहरुले यस बर्ष १७.४ बिलियन अमेरीकी डलर बराबरको पानीजहाज निर्माणको काम लिने लक्ष राखेका थिए। यो लक्ष गत बर्षको १४.९ बिलियन अमेरीकी डलरको लक्षभन्दा धेरै हो। तर कोरियाले आफूले नै राखेको लक्षभन्दा धेरै अर्थात २२.८ बिलियन अमेरीकी डलर बराबरको अर्डर पाइसकेको छ।

दक्षिण कोरियाको कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरीङ कर्पोरेशन (केएसओई) अर्डर पाउने कम्पनीका हिसाबले विश्वकै सबैभन्दा ठूलो पानीजहाज निर्माता कम्पनी हो। यसको तिनवटा सब कम्पनीहरु रहेका छन जसमा हुण्डाई हेभि इन्डष्ट्रिज, हुण्डाई मिपो डकयार्ड कम्पनी र हुण्डाई सामहो हेभि इण्ड्रष्ट्रि रहेका छन।

प्रतिकृया दिनुहोस्