Saturday, January 22

आज १ सय २८ जना नेपाली कामदार दक्षिण कोरिया उडे, अब अर्को फ्लाइट कहिले हुँदैछ? जानौं

January 10, 2022 752

लामो समयको पर्खाईपछि रोजगार अनुमति प्रणाली अर्थात इपिएस मार्फत आज पनि केहि नेपाली कामदारहरु दक्षिण कोरिया प्रस्थान गरेका छन। कोरोनाका कारण नेपाली कामदार कोरिया लैजाने प्रकृया अबरुध्द हुँदै आएकोमा अबरुध्द भएको करिब २० महिना पछि गत कार्तिक १० गतेबाट पुन नेपाली कामदार कोरिया जान थालेका थिए।

नेपाली कामदार कोरिया लैजाने प्रकृयालाई निरन्तरता दिँदै आज पनि १ सय २८ जना इपिएस कामदार दक्षिण कोरिया प्रवेश गरेका छन। गत कार्तिक देखि हालसम्म कोरियन एअरमार्फत ६ वटा उडानबाट ५ सय ५५ जना नेपाली श्रमिक कोरिया पुगिसकेका छन। यसमा नियमित र कोरियामा रोजगारी गरी फर्केका कमिटेड कामदार समेत समावेश छन।

कोरिया नेपाली कामदार लैजाने प्रकृयालाई निरन्तरता दिने क्रममा आज साँझ ७ बजेर ३० मिनेटको कोरियन एअरको सिधा उडानमार्फत नेपाली कामदार कोरिया प्रस्थान गरेका छन। केइ ६९६ नम्मरको कोरियन एअरको उडानमार्फत उनिहरु कोरिया प्रस्थान गरेका हुन। को’रोना सं’क्रम’णको जो’खिम भएका कारण सबै कामदार साथीहरु अधिकतम सामाजिक दुरि अपनाएर र स्वास्थ्य सतर्कता सहित कोरिया प्रस्थान गर्नुपर्नेछ।

बिमानस्थल पुगेपछि अनाबश्यक हेलचक्राइ नगर्न इपिएस कोरिया शाखाले सबै कामदारहरुलाई अनुरोध गरेको छ। यस पछिको आगामी उडान जनबरी १७ तारिखमा हुनेछ। उक्त उडानमा भने अहिले उडिरहेको भन्दा केही बढी नै कामदार साथीहरु उड्ने जानकारी कोरियाली पक्षले नेपाल पक्षलाई दिएको बताइएको छ।

निरन्तर रुपमा नेपाली कामदार कोरिया प्रवेश गरेसँगै नेपालमा नयाँ भाषा परीक्षा समेत हुने तयारी गरिएको बुझिएको छ। यसअघि कोरियामा काम गरि फर्केकाहरुको स्पेशल इपिएस परिक्षा सिबिटी भइसकेको छ जसको नतिजा यहि जनवरी १२ तारिख प्रकाशित हुने भएको छ। लामो समयको पर्खाईपछि आफ्नो भविष्य उज्जल पार्ने सपना सहित आज दक्षिण कोरिया प्रवेश गर्नुहुने सम्पूर्ण इपिएस कामदार साथीहरुलाई उज्वल भविष्य तथा सुखद उडानका लागि शुभकामना।

प्रतिकृया दिनुहोस्