Thursday, October 6

कोरियामा फाइटर जेट दुर्घट’ना, एअर फोर्स पाइलटको नि’धन

January 12, 2022 752

दक्षिण कोरियामा फा’इटर जेट दु’र्घट’नामा परेको छ। कोरियाको एअर फोर्स ‘एफ-५इ’ नामक जेट दुर्घ’टना हुँदा जेटका चालकको नि’ध’न भएको हो। कोरियाको केन्द्रिय क्षेत्रमा मंगलबार यो घ’टना घ’टेको दक्षिण कोरियाली सेनाले जानकारी दिएको योनहाप न्युज एजेन्सीले बताएको छ।

कोरियाको राजधानी सउलबाट ४० किलोमिटर दक्षिणमा पर्ने ह्वासङ क्षेत्रमा रहेको एउटा पहाडमा दु’र्घट’ना भएको हो। स्थानिय समय अनुसार दिउँसो १ बजेर ४६ मिनेट जाँदा घ’टना घ’टेको हो। सुवनमा रहेको एअर फो’र्स बेस क्याम्पबाट उडेको केहि समय पश्चात नै जेट दु’र्घट’नामा परेको थियो।

“सुवनको एअर फो’र्स बेस क्याम्पबाट उड्दा इन्जिनमा फा’यर वार्निङ लाइट बलेको देखिएको थियो। यस्तो सिग्नल १ बजेर ४४ मिनेटमा देखिएको थियो भने उडेको केहि मिनेटमै जेट जमिनमा जोतिन पुगेको थियो।” कोरियाको एअर फो’र्सले निकालेको प्रेश बिज्ञप्तिमा जानकारी दिइएको छ।

जेटमा रहेका पाइलट क्याप्टेन रहेका थिए। उनले जेटलाई अवतरण गराउन खोजे ता पनि सफल हुन नसकेको प्रेश बिज्ञप्तिमा भनिएको छ। त्यसैगरी एअर फो’र्सले घटनाको यथार्थ कारण पत्ता लगाउनका लागि एक छानविन समिती गठन गर्ने समेत जानकारी दिएको छ।

दक्षिण कोरियाले सन १९७० को दशकबाट नै करिब २ सय वटा ‘एफ-५एस’ फाइ’टर जेट सन्चालन गरिरहेको छ। यसमध्ये धेरै जसो अहिले प्रयोगमा छैनन भने बाँकी रहेका पनि छिट्टै नै प्रयोगबाट हटाउने बताइएको छ। यस्तै किसिमको जेट सन २०१३ मा पनि फ्लाईट ट्रेनिङका क्रममा दु’र्घट’नामा परेको थियो।

प्रतिकृया दिनुहोस्