Thursday, October 6

सोजु खाएर बोत्तल बाटोमा झट्याएर भाग्ने एक कोरियन प्रहरीको नियन्त्रणमा

January 15, 2022 742

दक्षिण कोरियामा एक ५० बर्षिय कोरियनले सोजु खाएर खाली बोतल बाटोमा फालेपछि उनलाई प्र’हरीले प’क्राउ गरेको छ। ख्यङसाङबुक्दो प्रदेशको आनदोङमा रहेको यङहो नदिको पुलमा ति ब्यक्तिले सोजु खाइसकेको खाली बोतल बाटोमा झट्याएका थिए। आनदोङ प्र’हरीले आज दिएका जानकारी अनुसार त ५० बर्षका पुरुषलाई सार्वजनिक सम्पतिमा क्षति पुर्याएको तथा अ’बैधानिक रुपमा सवारी साधन प्रयोग गरेको अ’भियोगमा प’क्राउ गरिएको जानकारी दिएको छ।

५० बर्षिय ति ब्यक्तिले बाटोमा ४ वटा खाली सोजुका बोतल झट्याएका थिए। उनले ब्यस्त सडकमा साँझ ५ बजे ५९ मिनेटमा सोजुका बोतलहरु बाटोमा झट्टि हानेको बुझिएको छ। आनदोङ ओक्यादोङमा उनले बाटोमा यि बोतलहरु फालेर मोटरसाइकल चढि भागेका थिए।

उनले खाली बोत्तल बाटोमा झटयाइरहेको समयमा त्यही बाटो हुँदै गइरहेका अर्का एक सामान डेलिभरी गर्ने मोटरसाइकलमा सवार ब्यक्तिले उक्त कुराको प्र’हरीमा रि’पोर्ट गरेका थिए। डेलिभरी गर्ने ति ब्यक्तिलाई उनले फालेको सोजुको बोतलले लागेर क्ष’ति समेत पुर्याएको थियो।

जब डेलिभरी गर्ने ब्यक्तिले उनलाई लखेट्न खोजे तब ति ब्यक्तिले आफ्नो मोटरसाइकलको नम्मर प्लेट नै झिकेर बाइक चढेर भागे। यो घ’टना डेलिभरी गर्ने ब्यक्तिले प्र’हरीमा रि’पोर्ट गरेपछि त्यस क्षेत्रको सिसिटीभी फुटेजका आधारमा अ’नुसन्धान गरि भाग्ने ब्यक्तिलाई प्र’हरीले १२ दिनपछि प’क्राउ गर्न सफल भयो।

अ’नुसन्धानका क्रममा थाहा हुन आएको छ कि अर्को लेनमा रहेको कारले ट्राफिक सिग्नल अनुसार नरोकी अघि बढेपछि उनले रि’षले नजिकै रहेको ति डेलिभरी गर्ने ब्यक्तिको मोटरसाईकलमा खाली सोजुका बोत्तलले झट्टि हानेका थिए। त्यसैगरी यि ब्यक्तिले गत ३० बर्षदेखि बिना लाइसेन्स मोटरसाइकल चलाईरहेको खुल्न आएको छ।

प्रतिकृया दिनुहोस्