Saturday, June 25

कसैलाई टेर्नेवाला छैन उत्तर कोरिया, फेरि ट्रेनबाटै लन्च गर्यो २ वटा मिसाइल

January 15, 2022 450

उत्तर कोरियाल फेरि २ वटा मि’साइल लन्च गरेको छ। शनिवार उत्तर कोरियाले ट्रेनबाटै २ वटा मि’साइल लन्च गरेको छ। इस्ट सि तर्फ प्र’हार गरिएको उक्त मि’साइल गुडिरहेको ट्रेनबाट लन्च गरिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन। उत्तर कोरियाको आधिकारिक सन्चार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार मिसाइलको क्षमता चेकजाँचका लागि शनिवार परीक्षण गरिएको हो।

यो पटकको ट्रेनबाटै गरिएको मि’साइल परीक्षण उत्तर कोरियाका लागि दोश्रो हो। यसअघि गत सेप्टेम्बर महिनामै उत्तर कोरियाले गुडिरहेको ट्रेनबाटै मिसा’इल लन्च गरी विश्वलाई नै च’कित पारेको थियो। शुक्रबार दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले उत्तरी फ्यङहाङबाट यो बर्षको तेश्रो मिसा’इल परीक्षण गरेको जानकारी दिएको थियो।

यो मि’साइल लन्च गर्ने रेजिमेन्टले जेनरल स्टाफबाट छोटो समयको खबरमै सम्पूर्ण तयारी गरेको शुक्रबार विहानै मि’साइल फा’इरिङ स्टेशनमा पुगेर मि’साइल लन्च गरेको बताएको छ। इष्ट सिमा राखिएको टारगेटमा मि’साइले एकदमै ठिकसँग हि’ट गरेको समेत उत्तर कोरियाली सन्चार संस्थाले जनाएको छ।

मि’साइल परिक्षणको कोरियन पिपुल्स आ’र्मीका कमाण्डिङ अफिसरहरुले निरिक्षण गरेका थिए। त्यसैगरी उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्सका अफिसियलहरु पनि कार्यक्रममा सहभागी थिए। तर यस परीक्षण कार्यक्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उन सहभागी थिए वा थिएनन भन्ने कुरा खुलाइएको छैन।

दक्षिण कोरियाको सेनाले दिएको जानकारी अनुसार उत्तरको उक्त मि’साइल ४ सय ३० किलोमिटर टाढा ३६ किलोमिटर उचाइसम्म पुगेको थियो। यसको गति ध्वनीको भन्दा ६ गुणा बढि रहेको समेत बताइएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार यो मि’साइल केएन-२३ मोडलजस्तै भएको बताइएको छ। रेलबाटै लन्च गर्न मिल्ने मि’साइल सफलतापूर्वक परीक्षण गरि उत्तर कोरियाले मि’साइलको बिबिधिकरण गरिरहेको छ।

प्रतिकृया दिनुहोस्