Saturday, May 21

कोरियाका राष्ट्रपतिको निजी विमानका रुपमा नयाँ जेट, हेरौं कस्तो कस्तो सुविधा छ नयाँ जेटमा?

January 16, 2022 436

दक्षिण कोरियका राष्ट्रपतिको निजी विमानका रुपमा नयाँ जेटलाई प्रयोगमा ल्याइएको छ। नयाँ विमानले शनिवारदेखि सेवा सुरु गरेको हो। राष्ट्रपति मुन जे इन शनिवार मध्य पूर्वका ३ देशहरुको भ्रमणमा यहि नयाँ जेटबाट निस्केको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

कोरियाका राष्ट्रपतिको नयाँ जेटका रुपमा ‘बोइङ ७४७-८आइ’ ले प्रवेश पाएको छ। राष्ट्रपतिको निजि विमानलाई कोरियामा “एअर फो’र्स वान” नामले चिनिन्छ। राष्ट्रपति मुन जे इन र उनका सहकर्मीसहितको टोली यहि नयाँ जेटमा युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया र इजिप्टको ८ दिने भ्रमणमा निस्केको हो।

राष्ट्रपतिको यो नयाँ विमान २ सय १३ सिट क्षमताको रहेको छ। यो विमान अन्य सामान्य विमानहरुभन्दा फरक रहेको छ। शक्तिशाली मध्येको एक देश दक्षिण कोरियाका राष्ट्रपति चढ्ने विमान भएकाले यसमा विभिन्न किसिमका से’क्युरिटी तथा कम्युनिकेशन डि’भाइसहरु फिट गरिएका छन। त्यसैगरी वाह्य क्षेत्रबाट विमानमा आ’क्रम’ण हुन सक्ने कुरालाई ध्यानमा राखि त्यसै अनुसारको प्रतिर’क्षा प्रणाली समेत जडान गरिएको छ।

मि’साईल आ’क्रम’णलाई समेत रोक्ने वा जोगिने गरी विमानलाई तयार पारिएको छ भने यसमा रहेको इन्जिनको क्षमतालाई बढाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सन २०२० मा कोरिया सरकारले कोरियन एअरलाइन्ससँग राष्ट्रपतिका लागि नयाँ जहाजका लागि ५ बर्षको सम्झौतामा हस्ताक्षर गरेको थियो।

कोरियन एअरलाइन्स सँगको ३ सय बिलियन अर्थात करिब २ सय ५३ मिलियन अमेरीकी डलर बराबरको सम्झौतामा कोरियन एअरले पाइलट, क्रू मेम्बर, मेकानिक्स तथा बिग्रेको खण्डमा ब्याक अप जहाज उपलब्ध गराउने कुरा उल्लेख थियो। यसअघि कोरियाका राष्ट्रपतिले चढ्ने जहाज बोइङ ७४७-४०० रहेको थियो। यो जहाज सन २०१० देखि कोरियली राष्ट्रपतिको सेवामा रहेको थियो।

प्रतिकृया दिनुहोस्