दक्षिण कोरियामा एक जोर जुत्ता किन्नकै लागि मानिसहरु रातिदेखि नै स्टोरको ढोका अगाडी लाइन लागेका छन। नाइकी जुत्ताको स्टोर अघि मानिसहरुको भिड नै लाग्ने गरेको छ। स्टोर खुल्ने बित्तिकै स्टोरमा पसेर जुत्ता किनिहाल्न मानिसहरु राति देखि नै लाइनमा बस्ने गरेका हुन। कोरियाको थेगुमा रहेको सिनसेग्येको डिपार्टमेन्ट स्टोर अगाडी स्टोर खुल्ने बितिकै मानिसहरु स्टोरतर्फ दौडेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल नै भइरहेको छ।
आखिर किन यस्तो भिड लाग्यो त? गत जनवरी १४ तारिख नाइकी को एअर जोर्डन वान लो जी स्निकर जुत्ता दक्षिण कोरिया आएको थियो। यो जुत्ता कोरियामा करिब ३० वटा नाइकीको आधिकारीक आउटलेटमा सिमित संख्यामा मात्र आइपुगेको थियो। यो जुत्ताको एक जोरको मूल्य १ लाख ७९ हजार कोरियन वन तोकिएको छ।
सिनसेग्येको थेगुमा रहेको डिपार्टमेण्ट स्टोरमा यो जुत्ता १ सय जोरमात्र आएको थियो। अन्य ठाउँका स्टोरहरुमा पनि सिमित संख्यामा मात्रै यो जुत्ता आइपुगेको थियो। कोरियामा यो जुत्ता आएकै दिन नाइकी जुत्ताका पारखीहरुको अनलाइन ग्रुप “नाइकी मेनिया” मा यस सम्बन्धि समाचारको चर्चा भएको थियो। ग्रुपमा कोरियाको थेगु र सउलमा रहेका स्टोर अगाडी जुत्ता किन्नकै लागि भागदौड मच्चेको भिडियो पोष्ट भएको थियो।
यसरी स्टोर अगाडी घण्टौ लाइन बसेर जुत्ता किन्नेहरु केहि जुत्ता मन पराएर आफैले लगाउन किन्न गएका हुन भने केहि भने अरु नै उदेश्यले त्यहाँ गएका हुन। माइकल जोर्डन स्निकर जुत्ताको मूल्य दोश्रो बजार अर्थात अरुलाई बेच्दा राम्रो नाफा कमाउन सकिने भएकाले धेरैजना त्यहाँ सुरुमै जुत्ता किन्न गएका हुन। कोरियाका विभिन्न अनलाइन प्लाटफर्महरुमा जोर्डनको लोगो भएको नाइकीको गल्फ जुत्तामा सबैको ध्यान गएको देखिन्छ।
कोरियाको सबैभन्दा ठूलो रिसेल प्लाटफर्म क्रिममा नाइकीको जोर्डन लो जि जुत्ता सबैभन्दा धेरै २ सय ४० जोर बिक्री भएको देखिन्छ। यि जुत्ताहरु त्यहाँ राखिएको ३ घण्टामै सबै बिक्री भएका थिए। प्रति जोर करिब ६ लाख ३४ हजार मूल्यमा यो जुत्ता बिक्री भएको देखिएको छ। यस प्लाटफर्ममा राखिएको मध्ये सबैभन्दा महङ्गो प्रतिजोर ८ लाख वनमा बिक्री भएको देखिन्छ। सन २०१७ मा बजारमा आएको द जोर्डन १ रेट्रो गल्फ क्लिट सिकागो जुत्ताको मूल्य अहिले कोरियाको बजारमा २० लाख वन रहेको देखिन्छ। स्टोर खुल्ने बित्तिकै यसरी मानिसहरु जुत्ता किन्न दौडिएका थिए।
प्रतिकृया दिनुहोस्