Saturday, May 21

समुन्द्रमा पाइने ओयस्टर अर्थात 굴찜 किन्दा एक कोरियन दम्पतिले फेला पारे बहुमूल्य ‘मोती’

January 17, 2022 409

दक्षिण कोरियामा एक दम्पतिको भाग्य खुलेको छ। दैनिक खानपानका लागि बजारबाट किनेर ल्याएको ओयस्टर अर्थात 굴찜 भाँडामा राखेर उमाल्ने क्रममा बहुमूल्य मोति फेला पारेका छन। यति ठूलो खुशी उनिहरुले लुकाएर राख्न सकेनन र यो कुरा कोरियाका स्थानिय समाचार माध्यमहरुमा आएका छन।

५२ बर्षका ख्वाक इन सुक ख्यङसान नाम्दो प्रदेशको छाङवन सिमा बस्दछिन। उनि र उनका श्रिमानले १ दशमलब ३ सेन्टिमिटर ब्यास भएको बहुमूल्य धातु मोती फेला पारेको जानकारी दिएका छन। उनिहरुले स्थानिय बजारबाट किनेर ल्याएको सामुन्द्रिक खानेकुरा ओयस्टर अर्थात 굴찜 उमालेर खाने क्रममा त्यस भित्र लुकेर रहेको मोति भेट्टाएका हुन।

उनिहरुले उक्त सामुन्द्रिक खानेकुरा ओयस्टर अर्थात 굴찜 नजिकैको मासान फिस मार्केटबाट किनेर लगेका थिए। उनिहरुले अघिल्लो दिन अर्थात जनवरी १६ तारिख राति ८ बजे बजारबाट यो खानेकुरा किनेर लगेका थिए। यसरी खानका लागि किनेर लगेको ओयस्टरमा यति बहुमूल्य चित फेला पर्ला भनेर यि दम्पतिले सोचेको पनि थिएनन।

बहुमूल्य मोति फेला परेपछि ५२ बर्षका ख्वाक इन सुकका श्रीमानले खुशि हुँदै भने “मैले अचानक आज ओयस्टर रातिको खानामा खाने भनेर श्रिमतिलाई भनें। हामीले त्यसै अनुरुप नजिकैको माछा बजारबाट किनेर लग्यौं र पकायौं। तर खाने क्रममा मैले यसभित्र लुकेर रहेको मोति देखें। मलाई लाग्य यो बर्ष हाम्रो लागि धेरै माग्यमानी रहेछ।”

“म र मेरा श्रीमानले करिब करिब ७० वटा जति उसिनेको ओयस्टर खायौं। जब एउटा अलि कडा खालको देखिने ओयस्टर खोलेर हेरें तब त्यसमा लुकेर रहेको मोति भेटियो।” ५२ बर्षका ख्वाक इन सुकले खुशि हुँदै भनिन। हामीले यो मोति फेला परेपछि एकदमै धेरै खुशि भयौं र हाम्रो आउँदा दिन सुखमय बित्ने आशा गर्यौं। उनले थपिन।

प्रतिकृया दिनुहोस्