काठमाण्डौ, नेपाल। नेपाल र दक्षिण कोरिया सिधा उडान गर्दै आएको कोरियन एरको जनवरी २४ को उडान स्थगित हुने भएको छ। गत जनवरी १० मा नेपाल देखि दक्षिण कोरिया उडान भरेको कोरियन एअरको उडानमा जाने केहि यात्रुहरुलाई कोरियामा चेकजाच गर्दा को’रोना बाट सं’क्रमित पाइको हुनाले कोरियन सरकारले सजाय स्वरुप जनवरी २४ को उडानलाई प्र’तिबन्ध लगाएको छ।
कोरियन सरकारले केहि दिन अगाडि पारित गरेको नया नि’यम अन्तर्गत एउटा उडानमा ३ जना भन्दा बढि यात्रुमा कोरोना पोजेटिभ देखिएमा उक्त देशको उडानलाई कारबाही स्वरुप १ हप्ता प्र’तिबन्ध गरिने भनेको थियो। जस अनुसार कोरियन एअरको उडान पनि प्रभावित भएको हो।
जनवरी ३१ देखि फेब्रअरी ३ तारिक सम्म कोरियनहरुको महान चाड सालनाल परेको हुनाले अर्को उडान भने फेब्रअरी ७ मा हुने भएको छ। अन्य फेब्रअरी १४,२१,२८ को उडान भने यतावत रहनेछ। हाल को’रोनाको नया भेरियेंट ओमिक्रोंन बाट सं’क्रमितको संख्या नेपाल र दक्षिण कोरियामा पनि दिनानु दिन बढ्दै गईरहेको छ।
जसका कारण कोरियामा र नेपालमा पनि सावधानीका उपायहरु अपनाउन थालिसकेका छन। त्यस्तै जनवरी १७ मा कोरियन एअर मार्फत दक्षिण कोरिया उडान भर्न ठिक परेका छुट्टीमा आएका केहि नेपालि कामदारहरुलाई पनि को’रोनाको सं’क्रमन देखिएको कारण उहाहरु कोरिया जान बाट बन्चित हुनु परेको थियो।
हाल अन्य देशको तुलनामा नेपालिहरुलाई को’रोनाको सं’क्रमन दर उच देखिएको हुनाले नेपाललाइ पनि कोरियाले को’रोनाको उच जो’खिमको सुचिमा १ नम्बरमा राखेको छ। त्यस्तै दोश्रो नम्बरमा उज्बेगस्थानलाई राखेको छ । त्यसैले अब कोरिया जान लागेका इपिएस कामदार र छुट्टीमा नेपाल आएका नेपालिहरु सचेत हुनु जरुरी देखिएको छ। यदि कसैको कोरिया रि इन्ट्री,काम खोज्ने मिति सकिन लागेको यात्रुहरुले इमिरेट्स वा अन्य एर मार्फत ट्रान्जिटमा कोरिया जान सक्नु हुनेछ।
प्रतिकृया दिनुहोस्