Monday, September 26

एक गरिब केटिले आफूभन्दा दुखमा रहेकालाई दिनू भनेर छाडिन एउटा खाम, खोलेर हेर्दा सबै परे दङ्ग

January 19, 2022 658

सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा यहि जनवरी १७ तारिखका दिन छुङछन नाम्दो प्रदेशमा एक अधबैंसे केटीको व्यवहारबाट धेरैजना चकित भएका छन। उनको यो व्यवहारले कोरियाका राष्ट्रिय सन्चार माध्यमहरुको ध्यान समेत खिच्न सफल भएको छ। आफ्नो असली नाम ठेगाना नखुलाएकी ति अधबैंसे केटीले गरेको एउटा सहयोग अहिले कोरियामा चर्चाको बिषय बन्न पुगेको छ।

जनवरी १७ तारिख चिसो हिउँ परेको दिन एक अधबैंसे केटी छुङछन नाम्दो प्रदेशको थानजिन सिटी हलमा प्रवेश गर्दछिन। सिटी हलका कर्मचारीलाई आफूसँग ल्याएको एउटा खाम निकालेर दिन्छिन। सिटी हलका कर्मचारीले उनलाई उनको परिचय र ठेगाना सोध्दछन तर उनि बताउन चाहदिनन।

उनले दिएको खाम खोलेर हेर्दा त्यसभित्र ३ लाख कोरियन वन हुन्छ। उनले उक्त पैसा आफूभन्दा पनि दुखमा रहेका यस शहरका दुखीहरुलाई दिनू भनेर दिन्छिन। सिटीहलका कर्मचारीहरु आश्चर्य चकित हुन्छन। थानजिन सिटी हलका अनुसार खाम दिने ति महिलाले भन्दछिन “म सँग धेरै पैसा छैन। म धेरै धनी मानिस पनि होइन। त्यसैले मैले धेरै पैसा दान दिन सकिन। जति सकें त्यति नै खाममा राखेल ल्याएको छु।”

खामभित्र ५० हजार कोरियन वनका नोटहरु थिए। जव थानजिन सिटी हलका इन्चार्जले ति महिलालाई उनको नाम र सम्पर्क नम्मर सोधे तब उनि हतपत त्यहाँबाट फर्किहालिन। फर्किने क्रममा उनले म आफ्नो परिचय खुलाउन चाहान्न भन्दै सिटी हलबाट बाहिरिइन। त्यस क्षेत्रका सोसियल वेलफेयर डिभिजन प्रमुख लिम दोङ सिनले भने “को’रोनाका कारण यस क्षेत्रको आर्थिक अवस्था वि’ग्रिएको छ तर पनि यस्तै गरि मानिसहरुले आफूभन्दा गरिब दुखीहरुलाई सहयोग गरिरहेका छन।”

त्यस्तै कोरियामा ‘होप २०२२’ सेयरिङ क्याम्पेन यो महिनाको अन्तिमसम्म जारी रहने बताइएको छ। यस क्याम्पेन अनुसार आफूले सकेको सहयोग आफ्नो छरछिमेकमा भएका गरिब दुखिहरुलाई गरिने गरिन्छ। कोरियाका विभिन्न स्थानिय तहमा रहेका सोसियल वेलफेयर सेन्टरमा गइ आफूले सकेको सहयोग जो कोहिले पनि गर्न सक्दछन।

प्रतिकृया दिनुहोस्