Monday, September 26

उत्तर कोरियाले गत बर्ष मात्रै ह्याकिङ गरि चोर्यो ४ सय मिलियन डलर

January 21, 2022 413

उत्तर कोरिया ह्याकिङमा अझ तगडा हुँदै गइरहेको छ। गत बर्ष मात्रै उत्तर कोरियाले ४ सय मिलियन अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी ह्याक गरेको तथ्याङक सार्बजनिक भएको छ। क्रिप्टोकरेन्सी एउटा डिजिटल मुद्रा हो जसलाई अनलाई रकम भुक्तानी तथा रकम ट्रान्सफरका लागि प्रयोग गरिने गरिएको छ।

अमेरीकी ब्लकचेन एनालाइसिस कम्पनी चेनालिसिसले गत हप्ता निकालेको एउटा रिपोर्ट अनुसार उत्तर कोरियाले कुल ३ सय ९५ मिलियन अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकिङ गरी चोरी गरेको छ। गत बर्ष ७ वटा ह्याकिङ काण्डबाट उत्तर कोरियाले यति ठूलो रकम कुम्ल्याउन सफल भएको हो।

उत्तर कोरियाले मुख्य गरि इनभेष्टमेण्ट फर्महरुमा विभिन्न ह्याकिङ तरिकाहरु जस्तै फिसिङ लर्स, कोड एक्सप्लोइट, मालवेयर अट्याक् इत्यादि गरी डिजिटल मुद्रा क्रिप्टोकरेन्सी चोरी गरेका हुन। यि मध्ये धेरैजसो ह्याकिङ कोरियाका कुख्यात ह्याकर ग्रुप लाजारस ग्रुपले गरेको बताइएको छ। यो ग्रुपलाई अमेरिका, युनाइटेड नेशनस लगायतले कालोसूचिमा राखेको छ।

सन २००७ देखि नै लाजारस ग्रुपले उत्तर कोरियाको रिकोननाइसेन्स जेनरल ब्यूरोसँग सहकार्य गरि विश्वभर ह्याकिङ तहल्का मच्चाइरहेको छ। यहि ग्रुपले नै विश्व प्रसिध्द सोनी पिक्चर इन्टरटेनमेन्टको कम्प्युटर सिस्टम ह्याक गरेको थियो। सोनि पिक्चर इन्टरटेनमेन्टले सन २०१४ मा “द इन्टरभ्यू” नामक कार्यक्रम उत्पादन गरी उत्तर कोरियाको खिसि गरेको थियो। जसको बदलामा कम्पनीकै सिस्टर उत्तर कोरियाले ह्याक गर्न सफल भएको थियो।

त्यसैगरी यहि समूहले बंगलादेशको केन्द्रिय बैंकको सिस्टम सन २०१६ मा ह्याक गरेको थियो। सन २०१९ मा भारतका विभिन्न बैंकका एटिएम समेत उत्तर कोरियाले ह्याक गरेको थियो। उत्तर कोरियाले ह्याक गरेको क्रिप्टोकरेन्सीमा सबैभन्दा धेरै अर्थात ५८ प्रतिशत इथेरियम रहेको छ। यो क्रिप्टोकरेन्सी खास गरी नन फन्जिबल टोकन अर्थात एनएफटीका लागि प्रयोग हुने गर्दछ। दोश्रो नम्मरमा सबैभन्दा धेरै उत्तर कोरियाले ह्याक गरेकोमा बिटक्वाइन पर्दछ। उत्तर कोरियाले पटक पटक विश्वभरका विभिन्न एक्सचेन्सबाट क्रिप्टोकरेन्सी ह्याक गरी चोरेका छन।

प्रतिकृया दिनुहोस्