सन्तोष न्यौपाने, काठमाण्डौ। कोरियाली क्यालेण्डर अनुसारको नयाँ बर्ष अर्थात सलनालकोअवसरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले कोरियाको राजधानी सउलमा रहेको जापानी राजदूताबासलाई पठाएको शुभकामना कार्ड फिर्ता भएको छ। मुन जे इनको शुभकामना कार्ड जापानी राजदूताबासले लिन अस्विकार गरेको हो।
मुन जे इनले पठाएको गिफ्ट बक्सभित्र रहेको एउटा कार्डका कारण जापानले उक्त गिफ्ट नै फिर्ता पठाएको छ। कार्डमा दक्षिण कोरियाको सबैभन्दा पूर्वमा रहेको समुन्द्रभित्रको दोक्दो टापूको चित्र भएकै कारण जापानी दूताबासले उक्त गिफ्ट लिन अस्विकार गरेको हो। यो टापुका कारण दक्षिण कोरिया र जापान बिच बर्षौंदेखि बिबाद रहि आएको छ।
कोरियाली राष्ट्रपतिको कार्यालयले यहाँको परम्परागत रक्सि तथा अन्य महत्वपूर्ण कुराहरु सहितको गिफ्ट बक्स जापानी राजदूत कोइचि आइबोसी लगायत अन्य देशका राजदूतहरुका लागि पठाएको थियो। आउँदो फेब्रुअरी १ मा परेको कोरियाली पात्रो अनुसारको नयाँ बर्ष सलनालका अबसरमा कोरियाका राष्ट्रपतिले उपहार पठाएका हुन।
तर जापानी दूताबासले शुक्रबार मुन जे इन को गिफ्ट फिर्ता गरेको छ। गिफ्ट फिर्ता पठाउँदै सउलमा रहेको जापानी दूताबासले दोक्दो टापू आफ्नो भएको दाबि समेत गरेको छ। मुन जे इनले पठाएको गिफ्ट कार्डमा दोक्दो टापु माथिबाट विहानको घाम झुल्केको चित्र कोरियएको छ। उक्त कुराले कोरियाले को’रोना म’हामा’रीमाथि जित हासिल गर्दै गएको र अब नयाँ बर्षमा नयाँ उमङ्गसाथ अघि बढ्ने लक्ष लिएको कुराको प्रतिबिम्म भएको मानिएको छ।
जापानी दूताबासले गिफ्ट फिर्ता गरेको कुरामा कोरियाली राष्ट्रपतिको कार्यालयले भने अझैसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन। सन १९४५ देखि जब कोरिया जापानी उपनिवेशबाट मुक्त भयो त्यो समयदेखि नै दोक्दो टापु कोरियाको अधिनमा रहेको छ। यो टापुमा दक्षिण कोरियाले सानो पुलिस स्टेशन नै राखेको छ। तर जापानले धेरै पहिले देखि नै उक्त टापुमा आफ्नो अधिन भएको दाबी गर्दै आइरहेको छ। यहि टापुकै कारण दक्षिण कोरिया र जापानबिच लामो समयदेखि सम्बन्ध चिसो हुँदै आइरहेको छ।
प्रतिकृया दिनुहोस्