Monday, September 27

कोरियामा बिदेशी कामदार बोकेको भ्यान पल्टिदा ७ जनाको मृत्यु

February 1, 2021 1349

१२ जना विदेशी कामदार बोकेको भ्यान तिब्र गतिका कारण दक्षिण कोरियाको सेजोङमा पल्टिदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। सेजोङको एउटा हाइवेबाट शाखा बाटोमा जाने क्रममा बाटो छेउमा रहेको जानकारी बोर्डमा ठोक्किएपछि तिब्र गतिमा गुडिरहेको भ्यान पल्टिएको थियो।

यो भयानक दुर्घटना दक्षिण कोरियाको थाङ्जिन-योङदोक एक्सप्रेस वे को सेजोङ क्षेत्रमा भएको हो। यो क्षेत्र राजधानी सउलबाट १२० किलोमिटर दक्षिणमा पर्दछ। दुर्घटना विहान ८ बजेर २० मिनेटमा भएको थियो। कामदार बोकेको भ्यान तिब्र गतिमा भएको र आफूभन्दा अगाडी रहेको अर्को कारलाई ओभरटेक गर्न खोज्दा शाखा बाटो प्रवेश गर्ने ठाउँमा रहेको जानकारी बोर्डमा ठोक्किन पुगेको थियो। कोरिया एक्सप्रेस कर्पोरेशनका अनुसार यो क्षेत्रमा सवारीको गति प्रतिघण्टा ४० किलोमिटर मात्र हुनुपर्ने थियो। तर उक्त भ्यान ४० किलोमिटर प्रतिघण्टाभन्दा बढि स्पिडमा गुडिरहेको पाइएको छ।

१२ जना सवारमध्ये ७ जनाको मृतु घटनास्थलमै भएको थियो भने बाँकी ५ जनालाई भने थेजनस्थित एक अस्पतालमा लगिएको छ। घाईतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। भ्यानमा सवार ड्राइभर बाहेक कसैले पनि सिटबेल्ट नबाँधेको पाइएको छ। दुर्घटनाको बिस्तृत छानविन भइरहेको स्थानिय प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु हुने तथा घाइते हुने सबैजसो मानिसहरु दैनिक ज्याला मजदुरी गर्ने रहेको पाइएको छ। उनिहरु धेरैजसो चिनियाँ नागरिक रहेको र छल्लानाम्दो मा अत्याधिक चिसोको कारण काम नपाएपछि आफ्नो बासस्थान सेजोङ फर्कदैगर्दा दुरघटनामा परेका हुन। मृत्यु हुने ७ मध्ये ६ जना र घाइतेमध्ये ४ जना चिनियाँ नागरिक रहेको पाईएको छ।

अहिले सेजोङ सिटि पुलिसले घटनाको छानमिन गरिरहेको र घाईते तथा मृतकका परिवारहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ।

प्रतिकृया दिनुहोस्