Saturday, May 21

कोरियामा आज दैनिक कोरोना संक्रमित अहिले सम्मकै उच्च, हेरौं आज कति थपिए?

January 25, 2022 281

दक्षिण कोरियामा दैनिक कोरोना संक्रमितहरुको संख्याले नयाँ रेकर्ड बनाएको छ। कोरियामा आज ८ हजार ५ सय ७१ जना नयाँ संक्रमितहरु थपिएका छन। पछिल्लो समय छिट्टो फैलन सक्ने कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण दक्षिण कोरियामा केहि दिन यता नयाँ संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा बृध्दि भइरहेको छ।

मंगलबारको संक्रमितहरुमध्ये ८ हजार ३ सय ५६ जना स्थानिय संक्रमित हुन भने बाँकी विदेशबाट आएकाहरुमा देखिएको संक्रमण हो। मंगलबारको संख्यासँगै कोरियामा कोरोना संक्रमितहरुको संख्या ७ लाख ४९ हजार ९ सय ७९ पुगेको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी “केडिसिए” ले जानकारी दिएको छ।

मंगलबार कोरियामा पहिलो पटक दैनिक संक्रमितहरुको संख्या ८ हजा नाघेको हो। सन २०२० को जनवरी २० तारिख पहिलो पटक कोरियामा कोरोना संक्रमण पुष्टि भय यताकै यो संख्या सर्वाधिक हो। यस भन्दा अघिको दैनिक उच्च संक्रमण गत डिसेम्बर १५ तारिख थियो।

कोरियामा गत हप्तादेखि नै दैनिक संक्रमितहरुको संख्यामा तिब्र बृध्दि भइरहेको थियो। जनवरी १७ तारिख ३ हजार ८ सय ५७ रहेको यो संख्या सोमबार आइपुग्दा ७ हजार ५ सय १३ पुगिसकेको थियो। तर कोरियामा कोरोनाका कारण सिकिस्त बिरामीहरुको संख्यामा भने कमि आइरहेको छ। मंगलबार यस्तो संख्या ३ सय ९२ रहन गयो जुन अघिल्लो दिनको तुलनामा २६ जनाले कम हो।

कोरियामा ओमिक्रोन भेरियन्ट फैलिएसँगै यहाँको स्वास्थ एजेन्सीले बुधबार नयाँ भाइरस सिस्टम लागू गर्ने भएको छ। यस सिस्टम अन्तरगत कोरोनाका कारण अत्याधिक जोखिम रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखि उपचार गरिनेछ। कम जोखिम भएकाहरुलाई र्यापिड एन्टिजेन्ट टेस्ट गर्ने तथा जटिल समस्या भएकाहरुलाई मात्र पिसिआर परीक्षण गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्