Saturday, May 21

इपिएस मार्फत कोरिया आएको १ महिना नबित्तै एक नेपाली युवालाई कोरियाले गर्यो देश निकाला

January 25, 2022 3510

निकै लामो समयको पर्खाई र ठूलो मेहनतका साथ कोरियन भाषा परीक्षा पास गरि नेपाली कामदारहरु दक्षिण कोरिया रोजगारीका लागि पुग्ने गर्दछन। करिब २ बर्षयता को’रोनाका कारण दक्षिण कोरिया रोजगारीका लागि जानु भनेको फलामको च्यूरा चपाए सरह गाह्रो हुँदै गइरहेको छ। तर यति कठिन चरणहरु पार गरि सुनौलो भविष्य बनाउनका लागि कोरिया पुगेका एक नेपाली युवालाई भने दक्षिण कोरियाको सरकारले देश निकाला गरेको छ।

दक्षिण कोरियाको सरकारले इपिएस मार्फत करिब १ महिना अघि मात्र कोरिया पुगेका एक नेपाली श्रमिकलाई नेपाल फिर्ता पठाउने प्रकृया थालेको छ। ति युवालाई ला’गू प’दा’र्थको क’सुरमा देश निकाला गर्न लागिएको हो। गैर आवासिय नेपाली संघ (एनआरएन ए) दक्षिण कोरियाले जानकारी दिएअनुसार उनको स्वास्थ परीक्षणका क्रममा ला’गू औ’ष’द प्रयोग गरेको तथ्य फेला परेपछि उनलाई नेपाल फर्काइन लागिएको हो।

गैर आवासिय नेपाली संघ (एनआरएन ए) दक्षिण कोरियाले आज एक सार्वजनिक सूचना जारी गर्दै रोजगारीका लागि कोरिया आउन लागेका युवाहरुलाई यस बारेमा सचेत समेत गराएको छ। कोरिया आउनुभन्दा अगाडी नेपालमै रहँदा ला’गु औ’ष’द से’वन गरेको खण्डमा कोरियामा हुने स्वास्थ परीक्षणमा उक्त कुरा देखिने हुँदा सचेत रहन एनआरएनए दक्षिण कोरियाले नेपाली कामदार युवाहरुलाई सचेत गराएको छ।

स्वास्थ परीक्षणका क्रममा रगतमा ड्र’क्सको मात्रा देखिएको खण्डमा कोरियाले नेपाल फर्काइदिनेछ। कहिले काहिँ हामीले से’वन गर्ने औ’षधिका कारण समेत रगतमा ड्र’ क्सको मात्रा देखिन सक्ने हुनाले आफूले खाइरहेको औ’षधीको विवरणसहितको आधिकारिक कागजात कोरिया आउँदा साथमै ल्याउन समेत एनआरएनए कोरियाले सुझाव दिएको छ।

भाँ’ङको अचार खाँदा समेत रगतमा यसको मात्रा देखिन सक्ने भएकाले कोरिया आउनु पूर्व यसको सेवन नगर्न भनिएको छ। इपिएस मार्फत दक्षिण कोरिया आउने श्रमिकहरुको स्वास्थ प’रीक्षण गर्दा रगतको समेत परीक्षण हुन्छ। रगतमा ड्र’ क्सको मात्रा देखिएमा पुन अर्को पटक प’रीक्षण हुन्छ। दोश्रो पटक पनि यस्तै परीणाम देखिएमा उक्त ब्यक्तिलाई कोरियाबाट उसकै देशमा फर्काइने गरिन्छ।

प्रतिकृया दिनुहोस्