Monday, September 26

कोरियामा फैलियो कोरोना, आज थपिए अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित

January 26, 2022 363

दक्षिण कोरियामा को’रोना संक्रम’ण फैलिएको छ। बुधवार यहाँ पहिलो पटक १३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। एकदमै सं’क्रामक ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमितहरुको संख्या केहि दिन यता तिब्र रुपमा बढिरहेको छ। बुधवारको संख्या कोरियामा अहिले सम्मकै उच्च दैनिक सं’क्रम’ण हो।

बुधवार कोरियामा थप १३ हजार १२ जनामा कोरोना सं’क्रम’ण पुष्टि भएको छ जसमध्ये १२ हजार ७ सय ४३ जना स्थानिय सं’क्रमितहरु हुन भने बाँकी बिदेशबाट कोरिया आएकाहरुमा देखिएको सं’क्रम’ण हो। बुधवारको १३ हजार १२ जना सहित कोरियामा कुल सं’क्रमितहरुको संख्या ७ लाख ६२ हजार ९ सय ८३ पुगेको कोरिया रो’ग नियन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसीए’ जे जानकारी दिएको छ।

बुधवारको संख्या मंगलबारको भन्दा धेरैले बृध्दि भएको छ। मंगलबार यो संख्या ८ हजार ५ सय ७१ थियो। गत हप्ताको सुरुवातमा ३ हजार ८ सयको हाराहरीमा रहेको दैनिक सं’क्रमित संख्याले एकै हप्तामा १३ हजारको बिन्दू पार गरेको छ। को’रोनाका कारण सिकिस्त भएकाहरुको संख्या भने अघिल्लो दिनभन्दा ७ जनाले कमि भइ ३ सय ८५ रहेको छ।

दक्षिण कोरियाले ओमिक्रोन भेरियन्ट फै’लिएसँगै नयाँ किसिमको भा’इरस रिस्पोन्स सिस्टम लागू गर्दै मुख्य गरी सि’किस्त बि’रामीहरुको संख्या कसरी बचाउने भन्नेतिर बढि ध्यान केन्द्रित गरेको छ। नयाँ सिस्टम अनुसार स्थानिय हस्पिटलहरु र क्लिनिकहरुले को’रोना परीक्षण र उपचार गर्नेछन तर पिसिआर टेस्टको सट्टा र्यापिट एन्टिजेन्ट टेस्ट हुनेछ। तर ६० बर्ष वा सोभन्दा माथिका बिरामीमा भने पिसिआर टेस्ट नै गरिनेछ।

नयाँ सिस्टम अहिले धेरै मात्रामा ओमिक्रोन भेरियन्ट देखिएका ४ वटा क्षेत्रहरुमा लागू गरिएको थियो।। ख्वाङ्जू, छल्लानाम्दो, फेन्थेक र आनसङमा यो सिस्टम लागू गरिएतापनि शनिवारबाट देशभर यहि सिस्टमबाट कोरोनाको उपचार हुनेछ। देशभरका २ सय ५६ वटा टेस्टिङ सेन्टरहरुबाट र्यापिड एन्टिजेन्ट टेष्ट हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्