Saturday, May 21

कोरिया प्रवेश गर्नेहरुलाई फेब्रुअरी ४ बाट खुकुलो नियम लागू गरिँदै, हेरौं के परिवर्तन भयो

January 28, 2022 525

दक्षिण कोरियाले आउँदो फेब्रुअरी ४ तारिखबाट लागू हुने गरी विदेशबाट कोरिया प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुका लागि नयाँ नि’यम परिवर्तन गरेको छ। केहि समय यता विश्वभर फैलिरहेको को’रोनाको ‘ओमिक्रोन’ भेरियन्टबाट बच्नका लागि कोरियाले विदेशबाट आउनेहरुका लागि क्वारेन्टिनका नियमहरुम केहि फेरबदल गर्ने भएको हो।

आउँदो ४ तारिखबाट दक्षिण कोरिया प्रवेश गर्ने सम्पुर्ण यात्रुहरुले अब ७ दिनमात्रै क्वारेन्टिन बसे हुने भएको छ। यस अघि १० दिन अनिवार्य रुपमा क्वारेन्टिन बस्नुपर्ने निमय रहेको थियो। कोरियाको केन्द्रिय रोग नियन्त्रण तथा रोकथाम एजेन्सी “केसीडिए” को आज बसेको ८१ औं बैठकले क्वारेन्टिन अवधिलाई ३ दिन घटाउने निर्णय गरेको कोरियाली सन्चार माध्यमहरुले बताएका छन।

विदेशबाट आउनेहरुमा कोरोना सं’क्रम’ण बढ्दै गइरहेको छ। जनवरीको तेश्रो हप्तामा २ हजार १ सय ७९ आयातित संक्रमित रहेको छ जुन संख्या डिसेम्बरको पहिलो हप्तामा मात्रै २ सय ६ रहेको थियो। आउँदो भविष्यमा अझै धेरै यो संख्या बढ्न सक्ने भन्दै विदेशबाट कोरिया प्रवेश गर्ने सबै यात्रुहरुलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमलाई निरन्तरता दिइएको छ। तर फेब्रुअरी ४ तारिखबाट भने मात्र १ हप्ता क्वारेन्टिन बसे पुग्ने भएको छ।

अहिले विदेशबाट कोरिया प्रवेश गर्ने यात्रुहरुले ४८ घण्टा अघिको पिसिआर नेगेटिभ रिपोर्ट बुझाउनुपर्दछ। त्यसैगरी कोरिया आइपुगेपछि आफ्नो निजि सवारी साधन अथवा तोकिएको क्वारेन्टिन यातायातका साधनबाट मात्रै क्वारेन्टिन स्थलसम्म जानुपर्दछ। सार्वजनिक यातायात प्रयोग गर्न पाइदैन। यि नियमहरु यसअघि कै कायम रहनेछन। यसमा कुनै फेरबदल गरिएको छैन।

त्यसैगरी यसअघि कोरियाले ओमिक्रोन भेरियन्टको जो’खिम रहेको भन्दै दक्षिण अफ्रिका, नामिविया, मोजाम्बिक लगायतका ११ वटा अफ्रिकन देशहरुलाई कोरिया प्रवेशमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ। ओमिक्रोन भेरियन्ट अब कोरियामा भित्रिसकेको भन्दै ति देशहरुलाई प्रतिवन्ध गर्नुको कुनै औचित्य नभएको भन्दै फुकुवा गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्