Friday, June 25

कोरियामा युनिक्लोको मुख्य स्टोर बन्द

February 2, 2021 469

कोरियामा सस्ता तथा आकर्षक कपडा बेच्ने जापानी कपडा रिटेलर युनिक्लोको मुख्य स्टोर हिजो अर्थात आइतबारबाट बन्द भएको छ। राजधानी सउलको म्यङदोङमा रहेको यो स्टोर युनिक्लो स्टोरमध्ये कोरियाकै सबैभन्दा ठूलो रहेको थियो।

सन् २०११ बाट दक्षिण कोरिया प्रवेश गरेको युनिक्लो कोरियन तथा बिदेशीको रोजाइमा पर्ने गरेको थियो। सस्ताो मूल्यमा आकर्षक कपडा पाइने हुँदा स्वदेशी तथा बिदेशीको रोजाईमा रहेको युनिक्लो कोरियामा चलेको बाईकट जापान अभियानको मारमा परेको थियो। केहि समयअघि दक्षिण कोरिया र जापानबिच ब्यापारिक टकराब भएपछि दक्षिण कोरियमा जापनिज सामान प्रयोग नगर्ने बाइकट जापान अभियान सुरु भयो जसको सिधा असर यो स्टोरमा पर्यो। दिनदिनै ब्यापार घट्न थालेपछि अप्ठ्यारो स्थितिमा पुगेको स्टोर कोरोना भाईरस महामारीले झन नराम्रोसँग थलिन पुग्यो।

युनिक्लोले गत बर्ष पनि कोरियामा रहेका आफ्ना थुप्रै स्टोरहरु बन्द गरेको थियो। सन् २०१९ को अन्त्यतिर कोरियामा यसको १९० ओटा स्टोरहरु रहेकोमा अहिले १५० वटामात्र सन्चालनमा छन्।

प्रतिकृया दिनुहोस्