Monday, September 26

कोरोना नियन्त्रणमा चिप्लियो कोरिया, आज एकै दिन थपिए २० हजारभन्दा बढि संक्रमित

February 2, 2022 597

दक्षिण कोरियामा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट भैलिएसँगै यहाँ कोरोनाका दैनिक संक्रमित संख्याले नयाँ नयाँ रेकर्ड बनाइरहेका छन। बुधवार कोरियामा पहिलो पटक दैनिक संक्रमितहरुको संख्या २० हजार नाघेको छ। बुधवारको यो संख्या कोरियामा २ बर्ष अघि पहिलो पटक कोरोना देखा परे यताकै सबैभन्दा धेरै हो। कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमण तिब्र रुपमा फैलिरहेको बताइएको छ।

बुधबार कोरियामा २० हजार २ सय ७० जना संक्रमित थपिएका हुन। यसमध्ये २० हजार १ सय ११ जना स्थानिय संक्रमित हुन भने बाँकी बिदेशबाट आएकामा भएको संक्रमण हो। यो सँगै कोरियामा कुल संक्रमितहरुको संख्या ८ लाख ८४ हजार ३ सय १० पुगेको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसिए’ ले जानकारी दिएको छ।

कोरोना संक्रमण तिब्र गतिमा फैलिए तापनि यसबाट सिकिस्त हुने बिरामीहरुको संख्या भने खासै बढेको पाइएको छैन। बुधवार कोरोनाबाट सिकिस्त हुने बिरामीहरुको संख्या मंगलबारको भन्दा ६ जनाले बृध्दि भइ २ सय ७८ पुगेको छ। कोरियाले शनिवारदेखि देशभर कोरोना नियन्त्रणका लागि नयाँ रेस्पोन्स सिस्टम लागू गरिसकेको छ। खासगरी ‘ओमिक्रोन’ भेरियन्ट फैलिएपछि यसलाई नियन्त्रणका लागि नयाँ रिस्पोन्स सिस्टम लागू गरेको हो।

गत हप्ता कोरियामा देखिएका कुल संक्रमितहरु मध्ये ८० प्रतिशतमा ‘ओमिक्रोन’ भेरियन्ट देखिएको थियो। कोरियामा आजसम्म चलिरहेको नयाँ बर्ष अर्थात सलनालका अवसरमा देशभर मानिसहरुको चहलपहल हुने हुँदा यसबाट थप संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ अधिकार कर्मीहरु शुक्ष्म निगरानीमा रहेका छन।

कोरियाले ‌ओमिक्रोनका कारण यसै महिनाको अन्तिमसम्म दैनिक संक्रमित १ लाखसम्म पुग्न सक्ने आँकलन गरेको छ। देशभर २ सय ५० वटा पब्लिक हेल्थ सेन्टरहरु तथा ठूला अस्पतालहरुमा र्यापिड सेल्फ टेस्ट तथा पिसिआर टेस्ट दुबैको व्यवस्था मिलाइएको छ। ६० बर्षभन्दा बढि उमेरकाहरुलाई पिसिआर चेक गरिने गरिएको छ भने अन्यमा र्यापिड टेस्ट गरिने गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्