Saturday, May 21

सन २०२२ को विश्वकप फुटबलमा दक्षिण कोरिया छनौट हुन सफल

February 2, 2022 627

दक्षिण कोरियाले सन २०२२ मा हुने फिफा विश्वकप फुटबलमा आफ्नो स्थान सुरक्षित बनाएको छ। जारी क्वालीफिकेशन फेजको खेलमा पछिल्लो जितसँगै दक्षिण कोरियाले सन २०२२ को विश्वकप फुटबल खेल्ने पक्का भएको हो। २-० गोल अन्तरले सरियामाथि बिजय हासिल गरेसँगै कोरियाको विश्वकप यात्रा तय भएको हो।

फिफा विश्वपकपका लागि एशियन क्वालिफाइङ राउण्डको ग्रुप ए को मंगलबार भएको खेलमा दक्षिण कोरियाले सिरियामाथि सहज जित निकालेको थियो। दुबइमा भएको उक्त खेलमा कोरियाका किम जिन सु र खोन चाङ हुनले एक एक गोल गरेका थिए। युध्दग्रस्त सिरियाले आफ्नो देशमा क्वालिफायर खेल सन्चालन गर्न नसकेपछि खेल न्युट्रल भेन्यु दुबइमा संचालन भएको थियो।

सिरियासँगको जितसँगै ग्रुप ए बाट छनौट हुने २ देशहरुमा कोरिया पर्ने पक्का भएको हो। क्वालिफायरको फाइनल राउण्डमा २ वटा ग्रुपहरु रहेका छन जसमा ६-६ वटा देशहरु रहेका छन। दुबै ग्रुपबाट टप २ देश कतारमा हुने फिफा विश्वकपमा स्वत छनौट हुनेछन। दुबै ग्रुपबाट तेश्रो स्थानमा रहेका देशहरुले भने फाइनल प्लेअफ खेल्नेछन।

बिहिवार भएको खेलमा इरानले इराकमाथि १ शुन्यको जित निकाल्दै ग्रुप ए बाट फिफा विश्वकपको यात्रा तय गरिसकेको थियो। २ खेल बाँकी हुँदै कोरियाले पनि विश्वकपको टिकट काटिसकेको छ। नोभेम्बरमा हुने विश्वकप फुटबलमा लगातार दशौंपटक दक्षिण कोरिया सहभागी हुँदैछ। विश्वकपमा दक्षिण कोरिया अब ११ ‍औं पटक सहभागी हुन लागेको हो।

सन १९८६ को मेक्सिकोमा भएको विश्वकप फुटबलदेखि दक्षिण कोरियाले लगातार विश्वकप खेलिरहेको छ। मंगलबार सिरियासँगको खेल हाल्फ टाइमसम्म गोलरहित बराबरी रहेको थियो। पहिलो हाल्फमा सिरियाले गोल गर्ने विभिन्न अवसर निकालेको थियो तर गोल गर्न भने सकेन। तर खेलको ५३ औं मिनेटमा कोरियाका लागि किम जिन सुले कोरियाका लागि गोल गर्न सफल भए। ७१ औं मिनेटमा कोन चाङ हुनले गोल गर्दै कोरियाको स्कोर दोब्बर बनाएका थिए। सिरियासँगको यो जितसँगै दक्षिण कोरिया सन २०२२ को विश्वकप फुटबलमा छनौट हुन सफल भएको छ।

प्रतिकृया दिनुहोस्